नेपाल आज नामिबियासँग खेल्दै – सार्वजनिक सेवा प्रसारण संस्था

नेपाल आज नामिबियासँग खेल्दै – सार्वजनिक सेवा प्रसारण संस्था




काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलामा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ।

नेदरल्यान्ड्सको युट्रेच्ट मैदानमा नेपाली समयअनुसार दिउँसो २:४५ बजे खेल शुरु हुने कार्यतालिका रहेपनि बर्षादको कारण  यो समाचार तयार पार्दासम्म टस हुन सकेको छैन । विश्वकप लिग–२ को शीर्ष चारभित्र पर्ने सम्भावना जीवितै राख्न नेपालका लागि यो शृङ्खला महत्त्वपूर्ण मानिएको छ ।

यद्यपि नेपालले राम्रो प्रदर्शन गर्न भने सकेको छैन ।

नेपालले यसअघि नेदरल्यान्ड्स र नामिबियासँग लगातार दुई खेल गुमाइसकेको छ। त्यसमाथि तीव्र गतिका बलर नन्दन यादव ह्यामस्ट्रिङको चोटका कारण सिरिजका बाँकी खेलबाट बाहिरिएका छन्।

मुख्य बलरको अनुपस्थितिले नेपालको चुनौती थपिएको छ। नेपालले बुधबार नेदरल्यान्ड्सविरुद्ध खेल्दै यो शृङ्खलाको समापन गर्ने छ ।

नेपाल हाल ३० खेलबाट २४ अंकसहित पाँचौं स्थानमा छ। अमेरिका ४३ अंकसहित शीर्ष, स्कटल्यान्ड ३८ अंकसहित दोस्रो, नेदरल्यान्ड्स ३४ अंकसहित तेस्रो र ओमान ३१ अंकसहित चौथो स्थानमा छन् ।

यो सिरिजपछि नेपालले अक्टोबरमा घरेलु मैदानमा ओमान र क्यानडाविरुद्ध लिग–२ को अन्तिम चरणका खेल खेल्ने तालिका छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

नेपाल आज नामिबियासँग खेल्दै – सार्वजनिक सेवा प्रसारण संस्था

नेपाल आज नामिबियासँग खेल्दै – सार्वजनिक सेवा प्रसारण संस्था

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

डा केसीसँगको सहमति अन्तिम चरणमा, प्रधानमन्त्रीको जवाफ पर्खंदै वार्ता टोली

डा केसीसँगको सहमति अन्तिम चरणमा, प्रधानमन्त्रीको जवाफ पर्खंदै वार्ता टोली

तीन लाखभन्दा बढी विस्थापित – सार्वजनिक सेवा प्रसारण संस्था

तीन लाखभन्दा बढी विस्थापित – सार्वजनिक सेवा प्रसारण संस्था

पाँच सदस्यीय छानबिन समिति गठन – सार्वजनिक सेवा प्रसारण संस्था

पाँच सदस्यीय छानबिन समिति गठन – सार्वजनिक सेवा प्रसारण संस्था

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग औपचारिक रुपमा सञ्चालन

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग औपचारिक रुपमा सञ्चालन

साउनको दोस्रो सोमबार: पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

साउनको दोस्रो सोमबार: पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो