प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय

प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय

काठमाडौँ- सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त)ले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्तनिर्वाचन आयुक्तहरुको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

समितिको आज बसेको बैठकले आयोगका प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्की तथा आयुक्तमा प्रस्तावित डा राजिव सुब्बा र गुरुप्रसाद वाग्लेको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

समितिका अध्यक्ष बोधनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उजुरी आह्वानका लागि शुक्रबार सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको छ ।

समितिले आगामी साउन ५ गते अर्काे बैठक बसी उजुरीको सुनुवाइ प्रक्रिया अघि बढाइने निर्णय गरेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा यही असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले उहाँहरुलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्रीको निर्देशन

करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्रीको निर्देशन

कुसोमको ‘सीईओ सम्मेलन’ भोलि शुक्रबार

कुसोमको ‘सीईओ सम्मेलन’ भोलि शुक्रबार

प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय

प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय

चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का

चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

खामेनीको अन्त्येष्टिमा हजारौँ सहभागी

खामेनीको अन्त्येष्टिमा हजारौँ सहभागी

नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध छः प्रवक्ता पोखरेल

नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध छः प्रवक्ता पोखरेल