चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का

चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का

चीनको पूर्वी प्रान्त फुजियानमा एक जुत्ता कारखानामा आगलागी भएको छ । आगलागी भएको भवनमा धेरै व्यक्तिहरू फसेको र कैयौँ हताहत भएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन् । घटनामा कति व्यक्ति परेका छन् भन्ने जानकारी तत्काल दिन असम्भव रहेको उद्धार कार्यमा घटनास्थलमा पुगेका अधिकारीहरूले बताएका छन् ।

क्वानझाउ शहरको दमकल तथा उद्धार विभागका अनुसार जिनजियाङ शहरको चेन्डाई नगरको जियान्टाउ गाउँमा रहेको कारखानामा दिउँसो १२ः०४ बजे आगो लागेको थियो ।

समाचार तयार गर्दासम्म आगो नियन्त्रणको काम जारी रहेको थियो भने घटनास्थलमा ठूलो सङ्ख्यामा दमकल र एम्बुलेन्स तयारी अवस्थामा थिए ।

सिन्ह्वालाई प्राप्त जानकारी अनुसार भीषण आगलागीका कारण उद्धारकर्मीहरू प्रभावित क्षेत्रभित्र प्रवेश गरेर थप खोजी कार्य गर्न कठिनाई भएको छ ।

जुत्ता कारखानाको आगलागीपछि तत्कालै चिनियाँ राष्ट्रपति सी चिनफिङले अधिकारीहलाई घटनालाई तत्काल नियन्त्रणमा ल्याउन यथासम्भव उपाय अवलम्बन गर्न र आगलागीमा फसेकाहरूलाई सावधानीपूर्वक उद्धार गर्न निर्देशन दिनुभएको छ ।

उहाँले पूर्ण प्रयासका साथ खोज तथा उद्धार कार्य गर्न, दुर्घटनाको कारण पहिल्याउन र घटनाका दोषीउपर कानुनी कारबाही गर्न निर्देशन दिनुभएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

कुसोमको ‘सीईओ सम्मेलन’ भोलि शुक्रबार

कुसोमको ‘सीईओ सम्मेलन’ भोलि शुक्रबार

प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय

प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय

चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का

चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

खामेनीको अन्त्येष्टिमा हजारौँ सहभागी

खामेनीको अन्त्येष्टिमा हजारौँ सहभागी

नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध छः प्रवक्ता पोखरेल

नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध छः प्रवक्ता पोखरेल

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता