एक जनाको मृत्यु, १४ जना सवार रहेको प्रारम्भिक अनुमान

एक जनाको मृत्यु, १४ जना सवार रहेको प्रारम्भिक अनुमान

सुर्खेत- कर्णाली नदीमा खसेको गाडीमा एक जनाको मृत्यु भएको छ ।

कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा भएको दुर्घटनाको उद्धारका क्रममा नदीबाट एउटा शव निकालिएको प्रहरीले जनाएको हो । मृतकको पहिचान भने खुल्न सकेको छैन ।

सुर्खेतबाट कालीकोटको रास्कोट नगरपालिकाका लागि छुटेको यात्रुबाहक गाडी सडकबाट करिब पाँच सय मिटर तल नदीमा खसेको हो ।

दुर्घटनास्थलमा फेला परेको चलानी अनुसार रास्कोट नगरपालिका-२ की सिर्जना खड्काको नाम फेला परेको छ ।

त्यस्तै, सोही नगरपालिकाको वडा नम्बर ८ का अर्का एक व्यक्तिको नाम उल्लेख नभए पनि मोबाइल नम्बर मात्र लेखिएको पाइएको छ, तर उक्त नम्बरमा अहिले फोन लागिरहेको छैन ।

प्रहरीका अनुसार दुर्घटनास्थलमा सुरक्षाकर्मी र उद्धार टोली पुगेर खोजी कार्य तीव्र बनाए पनि गाडी नदीको गहिराइमा डुबेका कारण अहिलेसम्म फेला पर्न सकेको छैन ।

घटनास्थलबाट एक जना घाइतेलाई उद्धार गरिएको भए पनि घाइते बोल्न सक्ने अवस्थामा नभएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको यात्रुवाहक गाडीमा १४ जना सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ ।

सो गाडी अनियन्त्रित भई नदीमा खसेको अनुमान गरिएको छ । दुर्घटनास्थलमा ३५ जनाको प्रहरी टोली उद्धारका लागि खटिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

ट्रम्पविरुद्ध एकताबद्ध बन्दै युरोप – सार्वजनिक सेवा प्रसारण संस्था

ट्रम्पविरुद्ध एकताबद्ध बन्दै युरोप – सार्वजनिक सेवा प्रसारण संस्था

भारतको सहयोगमा झापामा निर्माण हुने विद्यालय भवनको शिलान्यास

भारतको सहयोगमा झापामा निर्माण हुने विद्यालय भवनको शिलान्यास

एक जनाको मृत्यु, १४ जना सवार रहेको प्रारम्भिक अनुमान

एक जनाको मृत्यु, १४ जना सवार रहेको प्रारम्भिक अनुमान

पछिल्लो आक्रमणमा आठ जनाको मृत्यु – सार्वजनिक सेवा प्रसारण संस्था

पछिल्लो आक्रमणमा आठ जनाको मृत्यु – सार्वजनिक सेवा प्रसारण संस्था

एक जनाको मृत्यु, १४ जना सवार रहेको प्रारम्भिक अनुमान

दैलेखको साङगेतरास्थित कर्णाली राजमार्गबाट फोर्स गाडी कर्णालीमा खस्याे

विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

इङ्ग्ल्यान्ड फिफा विश्वकप अन्तिम १६ मा प्रवेश

इङ्ग्ल्यान्ड फिफा विश्वकप अन्तिम १६ मा प्रवेश