भारतको सहयोगमा झापामा निर्माण हुने विद्यालय भवनको शिलान्यास

भारतको सहयोगमा झापामा निर्माण हुने विद्यालय भवनको शिलान्यास

काठमाडौँ– भारत सरकारको आर्थिक सहयोगमा झापाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री जन आदर्श माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि बुधवार शिलान्यास गरिएको छ।

विद्यालय भवनको संयुक्त रूपमा कोसी प्रदेश सभा सदस्य राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ्ग थोप्रा तथा काठमाडौँस्थित भारतीय राजदूतावासकी द्वितीय सचिव गरिमा नौटियालले शिलान्यास गर्नुभएको हो।

भारतीय राजदूतावासका अनुसार करिब ३ करोड नेपाली रुपैयाँको लागतमा निर्माण हुने उक्त भवन भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुनेछ। परियोजना शिवसताक्षी नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ।

शिलान्यास कार्यक्रममा मेयर थोप्रासहित स्थानीय सरोकारवालाले भारत सरकारले उपलब्ध गराउँदै आएको विकास सहयोगको प्रशंसा गर्नुभयो।

Source link

संबधित खबर

धेरै पढ़िएको

ट्रम्पविरुद्ध एकताबद्ध बन्दै युरोप – सार्वजनिक सेवा प्रसारण संस्था

ट्रम्पविरुद्ध एकताबद्ध बन्दै युरोप – सार्वजनिक सेवा प्रसारण संस्था

भारतको सहयोगमा झापामा निर्माण हुने विद्यालय भवनको शिलान्यास

भारतको सहयोगमा झापामा निर्माण हुने विद्यालय भवनको शिलान्यास

एक जनाको मृत्यु, १४ जना सवार रहेको प्रारम्भिक अनुमान

एक जनाको मृत्यु, १४ जना सवार रहेको प्रारम्भिक अनुमान

पछिल्लो आक्रमणमा आठ जनाको मृत्यु – सार्वजनिक सेवा प्रसारण संस्था

पछिल्लो आक्रमणमा आठ जनाको मृत्यु – सार्वजनिक सेवा प्रसारण संस्था

एक जनाको मृत्यु, १४ जना सवार रहेको प्रारम्भिक अनुमान

दैलेखको साङगेतरास्थित कर्णाली राजमार्गबाट फोर्स गाडी कर्णालीमा खस्याे

विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

इङ्ग्ल्यान्ड फिफा विश्वकप अन्तिम १६ मा प्रवेश

इङ्ग्ल्यान्ड फिफा विश्वकप अन्तिम १६ मा प्रवेश