पदाधिकारी निर्वाचनका लागि दोश्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक

पदाधिकारी निर्वाचनका लागि दोश्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचन कार्यातालिका सार्वजनिक भएको छ ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार पार्टी पदाधिकारी पदको फारम वितरण तथा दर्ता आज साँझ ६ः३० बजेदेखि ७ः०० बजेसम्म हुनेछ ।

आयोगकका प्रमुख भुवन केसीले पार्टीको पदाधिकारीमा उम्मेदवारी दिनेको प्रारम्भिक नामावली साँझ ७ः३० बजे प्रकाशित गर्ने जानकारी दिनुभयो ।

यसैगरी, ७ः३० बजेदेखि साँझ ८ः०० बजेसम्म उम्मेदवारविरुद्ध दाबी विरोध, साँझ ८ः१५ बजेसम्म पदाधिकारीविरुद्ध परेको दाबी विरोधविरुद्ध जाँचबुझ गरिने र उम्मेदवारले नाम फिर्ता लिने समय साँझ ८ः३० बजेसम्म तोकिएको छ ।

पदाधिकारी पदमा उम्मेदवारी दिनेको अन्तिम नामावली प्रकाशन साँझ ८ः४५ बजे, मौन अवधि राति ८ः४५ बजेदेखि राति ९ः१५ बजेसम्म, मतदान राति ९ः१५ देखि राति १२ः१५ बजेसम्म हुनेछ । यस्तै, मतगणना राति १२ः१५ बजेदेखि १ः१५ बजेसम्म गरिनेछ भने राति १ः३० बजे मतपरिणाम घोषणा गरिने तालिकामा उल्लेख छ ।

रास्वपाको गत आइतबारदेखि सुरु भएको महाधिवेशनको बन्दसत्र उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा चलिरहेको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण

राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण

कक्षा १२ को नतिजामाथि प्रश्न उठेपछि उत्तरपुस्तिका प्रमाणीकरण गर्न समिति गठन

कक्षा १२ को नतिजामाथि प्रश्न उठेपछि उत्तरपुस्तिका प्रमाणीकरण गर्न समिति गठन

पदाधिकारी निर्वाचनका लागि दोश्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक

पदाधिकारी निर्वाचनका लागि दोश्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपामा पदाधिकारीहरुका लागि निर्वाचनको तयारी

रास्वपामा पदाधिकारीहरुका लागि निर्वाचनको तयारी

हर्मुजमा इरानको चेतावनी – सार्वजनिक सेवा प्रसारण संस्था

हर्मुजमा इरानको चेतावनी – सार्वजनिक सेवा प्रसारण संस्था

जनविश्वास भएन भने सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

जनविश्वास भएन भने सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी