रास्वपामा पदाधिकारीहरुका लागि निर्वाचनको तयारी

रास्वपामा पदाधिकारीहरुका लागि निर्वाचनको तयारी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि मतदान सम्पन्न भएसँगै दोश्रो चरणको निर्वाचन प्रकृया अगाडि बढाइएको छ। दोश्रो चरणमा पदाधिकारीहरुको लागि मात्र मतदान हुनेछ । पदाधिकारीहरु मध्येपनि कतिपय त निर्विरोध भइसेकेका छन भने केही पदमा निर्वाचन हुनेछ ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार गए राति १२ः०० बजे सुरु भएको मतदान आज दिउँसो १२:३० बजे सम्पन्न भएको हो ।

चितवन रास्वपाका सभापति मिनीमाधव खनालका अनुसार महाधिवेशनमा चार हजार १०० प्रतिनिधि रहेकामा तीन हजार ९५० मत खसेको अनुमान गरिएको छ ।

विद्युतीय मेसिनबाट मतदान भएकाले निर्वाचनको परिणाम दुई घण्टाभित्र सार्वजनिक हुने आयोगले जनाएको छ ।

चितवनको भरतपुरमा जारी रास्वपाको महाधिवेशनअन्तर्गत पहिलो चरणमा ९९ जना सदस्यका लागि मतदान सम्पन्न भएसँगै अब दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढ्ने आयोगले जनाएको छ ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार ९९ जना निर्वाचित केन्द्रीय सदस्यहरूले दोस्रो चरणमा हुने निर्वाचनमार्फत पदाधिकारीहरू छान्नेछन् । रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन यही असार ७ गते चितवनमा सुरु भएको हो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

रास्वपामा पदाधिकारीहरुका लागि निर्वाचनको तयारी

रास्वपामा पदाधिकारीहरुका लागि निर्वाचनको तयारी

हर्मुजमा इरानको चेतावनी – सार्वजनिक सेवा प्रसारण संस्था

हर्मुजमा इरानको चेतावनी – सार्वजनिक सेवा प्रसारण संस्था

जनविश्वास भएन भने सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

जनविश्वास भएन भने सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

पहिलो चरणको मतदान जारी – सार्वजनिक सेवा प्रसारण संस्था

पहिलो चरणको मतदान जारी – सार्वजनिक सेवा प्रसारण संस्था

समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश