बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

काठमाडौँ- पच्चीस सय सत्तरीऔँ बुद्ध जयन्तीका अवसरमा आज यहाँस्थित स्वयम्भू र बौद्धसहित काठमाडौँ उपत्यकाका बौद्ध गुम्बामा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ ।

यस अवसरमा बौद्ध क्षेत्रहरूमा विशेष पूजा–आराधना, प्रवचन, दीप प्रज्वलन र सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् । स्वयम्भूस्थित आनन्द कुटी विहारमा भगवान् बुद्धसँग सम्बन्धित अस्तु धातु दर्शनका लागि सार्वजनिक रूपमा राखिएकाले त्यहाँ दर्शनार्थीको लामो लाम लागेको छ ।

साथै बौद्ध गुम्बाहरूमा भिक्षु तथा भिक्षुणीद्वारा शान्तिपाठ, ध्यान साधना तथा परिक्रमा कार्यक्रम सञ्चालन गरिएको छ । यसैगरी, बौद्धनाथ क्षेत्रमा भक्तजनले दीप प्रज्वलन गर्दै शान्ति र समृद्धिको कामना गरेका छन् ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको स्मरणमा पूजा, आराधना तथा धार्मिक प्रवचन गरी मनाइन्छ ।

अहिंसा, करुणा र मध्यम मार्गको सन्देश दिनुभएका बुद्धको शिक्षाले विश्व शान्ति स्थापना तथा मानवतावादी मूल्य प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको मानिन्छ ।

आजभन्दा २५७० वर्षअघि पिता शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । उहाँले बोधगयामा ज्ञान प्राप्त गरी सारनाथमा पहिलो धर्मचक्र प्रवर्तन गर्नुभएको थियो भने कुशीनगरमा महापरिनिर्वाण प्राप्त गर्नुभएको इतिहासमा उल्लेख छ ।

यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने विभिन्न संघसंस्था तथा धार्मिक निकायले देशभर शान्ति र सद्भाव प्रवद्र्धन गर्ने उद्देश्यले विविध कार्यक्रम आयोजना गरेका छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल – सार्वजनिक सेवा प्रसारण संस्था

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल – सार्वजनिक सेवा प्रसारण संस्था

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

प्रतिनिधिसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल

पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित अघि बढाउने अध्यक्ष ओलीको भनाइ

पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित अघि बढाउने अध्यक्ष ओलीको भनाइ