बल्खुमा अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाउने काम जारी

बल्खुमा अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाउने काम जारी

काठमाडौ- बल्खुस्थित सुकुमम्बासी बस्तीमा आज सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डोजर चलाइएको छ । अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाउने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको समय दिएको थियो ।

प्रशासनको सूचनापछि प्रभावित क्षेत्रका बासिन्दाहरूले धमाधम सामान सारेका थिए । यो क्रम आज बिहानसम्म पनि जारी छ । बस्ती भत्काउनका लागि ठुला डोजर तैनाथ गरिएको छ ।

काठमाडौँ उपत्यकाका अतिक्रमित तथा नदी किनारका सुकुम्बासी बस्ती खाली गराउने सरकारको अभियानअन्तर्गत आजदेखि दोस्रो चरणमा डोजर चलाइएको हो ।

यसैगरी, आजैदेखि टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु, माछापोखरीलगायतको ठाउँमा अतिक्रमित जग्गा खाली गर्ने तयारी छ ।

पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती खाली गरिसकिएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

रसुवा बाढीपछि राहत तथा उद्धारका लागि मन्त्रिपरिषद्का १० निर्णय

रसुवा बाढीपछि राहत तथा उद्धारका लागि मन्त्रिपरिषद्का १० निर्णय

प्रधानमन्त्री शाह र बाढी प्रभावित क्षेत्रका सांसदहरुबीच छलफल

प्रधानमन्त्री शाह र बाढी प्रभावित क्षेत्रका सांसदहरुबीच छलफल

विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता

विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता

राष्ट्रिय विपद् परिषद्को बैठक जारी – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रिय विपद् परिषद्को बैठक जारी – सार्वजनिक सेवा प्रसारण संस्था

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा