काठमाडौँ- रोल्पाको थवाङ गाउँपालिका- १ को जलजला जाने बाटोमा जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन । घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर छ । १ जना भने सामान्य घाइते भएका छन ।
रुकुमबाट जलजलामा मेला भर्न गएका यात्रुहरु चढेको जीप दुर्घटनामा परेको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।
जीप सडकबाट करिब ८ सय मिटर तल खसेको घटनास्थलमा पुगेका प्रहरी निरीक्षक रामचन्द्र बगालेले जानकारी दिनुभयो । केही घाइतेहरुको अवस्था भने ज्यादै गम्भीर रहेको र उद्दार कार्य जारी रहेको पनि उहाँले बताउनुभयो ।
पानी परेको हुनाले उद्दार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
घटनाको थप विवरण आउन बाँकी छ ।।


