प्रवक्ता पोखरेल – सार्वजनिक सेवा प्रसारण संस्था

प्रवक्ता पोखरेल – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- शिक्षा मन्त्री सस्मित पोखरेलले किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान नहट्ने स्पष्ट पार्नु भएको छ  ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री पोखरेलले आज मन्त्रिपरिषदको बैठकका निर्णयहरु सुनाउने क्रममा त्रिवि क्रिकेट मैदानको विषयमा सञ्चारकर्मीहरुले जिज्ञाशा राख्दा मैदान खाली गर्ने सरकारको कुनै उद्देश्य नभएको प्रष्ट पार्नुभएको हो ।

उहाँले क्रिकेट मैदान खाली गर्ने सूचना त्रिविले जारीगरेसँगै यस विषयमा  त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसँग बैठक राखेर कुरा भएको पनि उल्लेख गर्नुभयो ।

त्रिवि क्रिकेट मैदान खाली गराउने त्यस्तो कुनै उद्देश्य नभएको तर भाडाको सम्झौता सकिएको हुनाले त्यसलाई फेरि नयाँ ढङ्गले सम्झौता गर्ने तयारी भइरहेको पनि मन्त्री पोखरेलले बताउनुभयो ।

त्रिविको अतिक्रमित जग्गा खाली गराउने निर्णयसँगै विश्वविद्यालयले किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान खाली गराउन पत्राचार गरेको थियो । अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेल मैदानको रुपमा विकास गरिएको यो रंगशालामा धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु भइसकेका छन ।

खेल मैदानलाई आधुनिक र व्यवस्थित बनाउँदै जाने क्रममा फ्लड लाइटमा पछिल्लो नेपाल प्रिमियर लिग (एनपिएल) समेत यो मैदानमा भएको थियो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल

पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित अघि बढाउने अध्यक्ष ओलीको भनाइ

पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित अघि बढाउने अध्यक्ष ओलीको भनाइ

स्वदेशमै स्रोत र सीपलाई सदुपयोग गर्न सके यही काम गर्न र कमाउन सकिन्छ

स्वदेशमै स्रोत र सीपलाई सदुपयोग गर्न सके यही काम गर्न र कमाउन सकिन्छ

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह