अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ-प्रधानमन्त्री

अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ-प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ खोला किनारका बस्तीहरुमा बसोबास रहेका अतिक्रमणकारी र वास्तविक सुकुम्बासी छुट्याउँदै ती बस्तीहरुलाई सुरक्षित स्थानान्तरण गर्ने तयारी सरकारले गरेको जानकारी गराउनु भएको छ ।

सामाजिक संजाल फेसबुकमा विगतको बाढीका कारण नागरिकलाई परेको सास्तीको फोटो राख्दै  प्रधानमन्त्री शाहले  हरेक वर्ष बाढीका कारण काठमाडौँ उपत्यकाका खोला किनारमा रहेका बस्तीहरू डुबानमा परेर हजारौँ नागरिकले घरबार छोड्नुपर्ने अवस्था दोहोरिँदै आएको भन्दै अब यसको दीर्घकालीन समाधानमा लागिएको बताउनु भएको हो ।

खोला किनारका बस्तीहरूमा बसोबास गर्ने नागरिकहरू प्रत्येक वर्ष बाढीको जोखिममा परेर उद्धार गर्नुपर्ने अवस्था आउनु गम्भीर समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले  यसलाई अब वर्षैपिच्छे दोहोरिन नदिई सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्नेमा जोड दिनु भएको छ ।

नागरिकको जीवनसँग जोडिएको विषयलाई केवल राजनीतिक वा भोटको दृष्टिले होइन, मानव अधिकारको दृष्टिले हेर्नुपर्ने उल्लेख गर्दै जोखिमयुक्त स्थानमा बसोबास गर्नुको सट्टा सुरक्षित स्थानमा व्यवस्थापन गर्नु उपयुक्त हुने धारणा उहाँले राख्नु भएको छ ।

उहाँले त्यसैगरी, खोला किनारका अव्यवस्थित बस्तीका कारण ढल निकास प्रणाली निर्माणमा समस्या उत्पन्न भई उपत्यकाको सरसफाइ तथा वातावरणीय अवस्था प्रभावित भएको पनि उल्लेख गर्दै त्यस्ता बस्तीहरूको स्थानान्तरणले ढल निकास व्यवस्थापन सहज हुने बताउनु भएको छ ।

थापाथली, गैरीगाउँ, मनोहरा लगायतका क्षेत्रमा रहेका जोखिमयुक्त बस्तीहरूलाई बल प्रयोग नगरी मानवीय दृष्टिकोण अपनाउँदै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको पनि उहाँले जानकारी गराउनु भएको छ ।

साथै, सुकुम्बासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण नियन्त्रणसम्बन्धी प्रतिबद्धता स्मरण गराउँदै उहाँले वास्तविक सुकुम्बासी र अतिक्रमणकारीलाई छुट्याएर देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूरा गरी जग्गा वितरण गर्ने योजना रहेको र सरकारले वर्षौँदेखि जटिल बन्दै आएको सुकुम्बासी समस्या र खोला किनार बस्ती व्यवस्थापनलाई दीर्घकालीन रूपमा समाधान गर्ने तयारी गरिरहेको पनि उल्लेख गर्नु भएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ – सार्वजनिक सेवा प्रसारण संस्था

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ – सार्वजनिक सेवा प्रसारण संस्था

मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

कास्कीमा रोपाइँ तीव्र

कास्कीमा रोपाइँ तीव्र

केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

आधुनिक ‘रक बोल्टिङ’ र ‘एङ्करिङ’ प्रविधिबाट पहिरो नियन्त्रण गरिँदै

आधुनिक ‘रक बोल्टिङ’ र ‘एङ्करिङ’ प्रविधिबाट पहिरो नियन्त्रण गरिँदै