Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ-प्रधानमन्त्री – Khabarofnepal

अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ-प्रधानमन्त्री

अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ-प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ खोला किनारका बस्तीहरुमा बसोबास रहेका अतिक्रमणकारी र वास्तविक सुकुम्बासी छुट्याउँदै ती बस्तीहरुलाई सुरक्षित स्थानान्तरण गर्ने तयारी सरकारले गरेको जानकारी गराउनु भएको छ ।

सामाजिक संजाल फेसबुकमा विगतको बाढीका कारण नागरिकलाई परेको सास्तीको फोटो राख्दै  प्रधानमन्त्री शाहले  हरेक वर्ष बाढीका कारण काठमाडौँ उपत्यकाका खोला किनारमा रहेका बस्तीहरू डुबानमा परेर हजारौँ नागरिकले घरबार छोड्नुपर्ने अवस्था दोहोरिँदै आएको भन्दै अब यसको दीर्घकालीन समाधानमा लागिएको बताउनु भएको हो ।

खोला किनारका बस्तीहरूमा बसोबास गर्ने नागरिकहरू प्रत्येक वर्ष बाढीको जोखिममा परेर उद्धार गर्नुपर्ने अवस्था आउनु गम्भीर समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले  यसलाई अब वर्षैपिच्छे दोहोरिन नदिई सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्नेमा जोड दिनु भएको छ ।

नागरिकको जीवनसँग जोडिएको विषयलाई केवल राजनीतिक वा भोटको दृष्टिले होइन, मानव अधिकारको दृष्टिले हेर्नुपर्ने उल्लेख गर्दै जोखिमयुक्त स्थानमा बसोबास गर्नुको सट्टा सुरक्षित स्थानमा व्यवस्थापन गर्नु उपयुक्त हुने धारणा उहाँले राख्नु भएको छ ।

उहाँले त्यसैगरी, खोला किनारका अव्यवस्थित बस्तीका कारण ढल निकास प्रणाली निर्माणमा समस्या उत्पन्न भई उपत्यकाको सरसफाइ तथा वातावरणीय अवस्था प्रभावित भएको पनि उल्लेख गर्दै त्यस्ता बस्तीहरूको स्थानान्तरणले ढल निकास व्यवस्थापन सहज हुने बताउनु भएको छ ।

थापाथली, गैरीगाउँ, मनोहरा लगायतका क्षेत्रमा रहेका जोखिमयुक्त बस्तीहरूलाई बल प्रयोग नगरी मानवीय दृष्टिकोण अपनाउँदै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको पनि उहाँले जानकारी गराउनु भएको छ ।

साथै, सुकुम्बासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण नियन्त्रणसम्बन्धी प्रतिबद्धता स्मरण गराउँदै उहाँले वास्तविक सुकुम्बासी र अतिक्रमणकारीलाई छुट्याएर देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूरा गरी जग्गा वितरण गर्ने योजना रहेको र सरकारले वर्षौँदेखि जटिल बन्दै आएको सुकुम्बासी समस्या र खोला किनार बस्ती व्यवस्थापनलाई दीर्घकालीन रूपमा समाधान गर्ने तयारी गरिरहेको पनि उल्लेख गर्नु भएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Ayushmann Khurrana and Tahira Kashyap Host Star-studded Diwali Bash

Udta Teer Budget And Box Office Target EXCLUSIVE: Here’s How Much Ayushmann Khurrana Film Should Earn To Become A Hit | Udta Teer Box Office Update | Udta Teer Budget | Udta Teer Box Office Target | Ayushmann Khurrana Udta Teer Box Office Target

Bigg Boss Tamil 10: Ramya Krishnan to step in as guest host for reality show

Kim Kardashian Stuns in Leopard-Print Gown at All’s Fair Premiere in Rome

Rajinikanth Attends Jailer 2 Screening With Fans, Joins Cast And Crew For Success Celebration

Ramayana Day 1 Collection Early Prediction | Ramayana Day 1 Collection Prediction By Rohit Jaiswal | Ramayana Day 1 Collection Prediction (11 Days Before Release) | Ramayana 100cr+ Opening Day Collection Rohit Jaiswal | Ramayana (Hindi) Day 1 Collection Early Prediction | Ramayana Total Advance Booking Collection Day 1

Clayface Ending Explained: What Happens To Tom Rhys Harries’ Matt Hagen and Does He Reconcile With Caitlyn? Find Out