पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, विदेश जान अदालतको अनुमति लिनुपर्ने

पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, विदेश जान अदालतको अनुमति लिनुपर्ने

काठमाडौँ – सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि भन्दै सरकारले पक्राउ गरेका नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्कालाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले खड्कालाई थुनामा राख्ने निर्णय कानुनविपरीत भएको ठहर गर्दै  थुना मुक्त गर्न आदेश दिएको हो ।

खड्काको थुनालाई अदालतले कानुनसम्मत नभएको ठहर गर्दै उहाँलाई विदेश जाँदा अदालतको अनुमति लिनुपर्ने आदेश  समेत गरेको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

कोइरालाका अनुसार अब खड्का थुनामुक्त भए पनि विदेश जानका लागि भने उहाँले अदालतको अनुमति लिनुपर्ने छ।

गैरकानुनी तवरमा थुनामा राखिएको भन्दै खड्काका तर्फबाट उहाँकी पत्नी विनीता थापाले अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गर्नु भएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता

प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता

छारेभिरको पहिरो पन्छाउन सकस – सार्वजनिक सेवा प्रसारण संस्था

छारेभिरको पहिरो पन्छाउन सकस – सार्वजनिक सेवा प्रसारण संस्था

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल – सार्वजनिक सेवा प्रसारण संस्था

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल – सार्वजनिक सेवा प्रसारण संस्था

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

प्रतिनिधिसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन