प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विषयगत समितिमा रहनुहुने सदस्यको नामावली हेरफेर गर्नुभएको छ । सभामुखले सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० र प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम गठित समितिमा रहनुहुने सदस्यको नामावली हेरफेर गर्नुभएको हो ।

संसदीय सुनुवाइ समितिमा सदस्य रञ्जु न्यौपानेको स्थानमा सांसद पुनमकुमारी अग्रवाल र सांसद चन्दनकुमार सिंहको स्थानमा दीपकराज बोहोरा रहनेगरी हेरफेर भएको छ ।

सांसद राम लामा र सांसद गणेश कार्की राज्य व्यवस्था तथा सुशासन समितिबाट अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, जगदीश खरेल (ललितपुर) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा हेरफेर हुनुभएको छ ।

त्यस्तै, सांसदहरू दीपकराज बोहरा र बब्लु गुप्ता अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट राज्यव्यवस्था तथा सुशासन समिति, सांसदहरू रहबर अन्सारी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा हेरफेर हुनुभएको छ ।

सांसद हरिप्रसाद भुसाल अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सांसद चन्दनकुमार सिंह उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा हेरफेर हुनुभएको छ ।

अधिवेशन प्रारम्भ भएपछि सहमतिका लागि प्रस्ताव गर्ने गरी सभामुख अर्यालले समिति सदस्यको हेरफेर गर्नुभएको प्रतिनिधिसभाका सचिव हर्कराज राईले जानकारी दिनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार

परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता – सार्वजनिक सेवा प्रसारण संस्था

आइतबारको बिदा खारेज गर्न लागिएको होइन 

आइतबारको बिदा खारेज गर्न लागिएको होइन 

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुक्खा क्षेत्रमा सिँचाइ 

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुक्खा क्षेत्रमा सिँचाइ 

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’