बालेनको शपथ भोलि, मन्त्रीको नाम टुङ्गो लगाउन छलफलमा नेताहरु

बालेनको शपथ भोलि, मन्त्रीको नाम टुङ्गो लगाउन छलफलमा नेताहरु

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेतामा बालेन्द्र शाह सर्वसम्मत चयन गरेको छ । संसदीय दलको नेता चयन भएसँगै शाहलाई प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ ।

भोलि १२ बजेर ३४ मिनेट जाँदा मुलुकको प्रधानमन्त्रीको रुपमा शाहले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने कार्यक्रम राष्ट्रपति कार्यालयले तय गरेको छ।

यसअघि कुनै एक दलको बहुमत नआएको अवस्थामा राष्ट्रपतिले सरकार गठनका लागि आव्हान गर्ने अवस्था यस पटक भने छैन ।

सदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  १८२ सिटसहित दुई तिहाइ बहुमतको नजिक छ । सरकार गठनका लागि सदनको बहुमत अर्थात १३८  मात्र नै प्रर्याप्त हुन्छ।

यस्तो अवस्थामा संविधानत: राष्ट्रपतिले अब सरकार गठनका लागि कुनै आव्हान नगरी प्रतिनिधिसभामा बुहमत प्राप्त दल रास्वपाको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने हुन्छ ।

संविधानको धारा ७६ को १ मा राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरिने ब्यवस्था छ।

सोही ब्यवस्था अनुसार अब रास्वपाले बलेन्द्र शाह आफ्नो  संसदीय दलको नेता चयन भएको औपचारिक जानकारी राष्ट्रपति कार्यालयमा  गराएपछि राष्ट्रपति रामचन्द्र पौडेलले उक्त दलको नेता शाहलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म रास्वपाले संसदीय दलको नेता चयनको जानकारी राष्ट्रपति कार्यालयमा गराइसकेको छैन ।

त्यसो त यसअघि नै चैत्र १३ गते शुक्रवार दिउँसो १२:३४ मा हुने नवनियुक्त प्रधानमन्त्रीको शपथका लागि शीतल निवासस्थित राष्ट्रपति भवनमा तयारी सुरु भएको छ ।

प्रधानमन्त्रीको शपथ लिएसँगे शाहले भोलि दिउँसो २: १५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगी पदभार ग्रहण गर्ने कार्यक्रमसमेत सार्वजनिक भएको छ ।

यसैबीच, मन्त्रीपरिषदमा पठाउने मन्त्रीहरुको नाम टुङ्गो लगाउन रास्वपाका शीर्ष नेताहरु यतिखेर छलफलमा छन् ।।

 

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्री तथा रास्वपा बरिष्ठ नेता शाह काठमाडौँ फर्कनुभयो

प्रधानमन्त्री तथा रास्वपा बरिष्ठ नेता शाह काठमाडौँ फर्कनुभयो

शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख रुपैयाँ बजेट

दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख रुपैयाँ बजेट

अबदेखि प्रहरीको तलब पनि पाक्षिक

अबदेखि प्रहरीको तलब पनि पाक्षिक

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था