जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण र अधुरो-काँग्रेस प्रवक्ता

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण र अधुरो-काँग्रेस प्रवक्ता

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन अपूर्ण र अधुरो रहेको बताउनु भएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता  चालिसेले यस्तो बताउनु भएको हो ।

जेनजी आन्दोलनको जाँचबुझ आयोगको जुन प्रतिवेदन आएको छ यो प्रथम दृष्टिमै अपूर्ण देखिएको छ। अलि अधुरो देखियो। यसले पूर्णतता बोकेको देखिँदैन। २३ गतेको आन्दोलको बारेमा जति प्रकाश पार्ने कोसिस गरेको छ। २४ गतेको घटनालाई अलपत्र छोडेको देखियो। यद्यपि प्रतिवेदनलाई हामीले राम्ररी अध्ययन गर्न बाँकी छ। त्यो प्रतिवेदनलाई हामी सिरियस्ली हेर्छौं। चालिसेले पत्रकार सम्मेलनमा भन्नुभयो ।

प्रतिवेदनबारे धारणा बनाउनको लागि कानूनका ज्ञाता तथा प्रशासनमा दक्षता भएका व्यक्तिहरू, जेनजी आन्दोलनका अभियान्ताहरू र विज्ञहरूको समिति बनाएर यसको हामीले अध्ययन गर्ने पनि उहाँले बताउनु भयो ।

चालिसेले प्रतिवेदनको विस्तृत अध्ययन गर्न कानूनविद्, प्रशासनका जानकार, जेनजी आन्दोलनका अभियानी तथा विज्ञहरू सम्मिलित समिति गठन गरिएको जानकारी समेत दिनुभयो ।

खासगरी प्रतिवेदनले २३ भदौको जेनजी आन्दोलनबारे केही प्रकाश पार्ने प्रयास गरे पनि २४ गतेका घटनाहरूलाई स्पष्ट रूपमा समेट्न नसकेको उहाँको टिप्पणी रहेको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

मध्यबर्खामा पनि पर्यटकीय चहलपहल – सार्वजनिक सेवा प्रसारण संस्था

मध्यबर्खामा पनि पर्यटकीय चहलपहल – सार्वजनिक सेवा प्रसारण संस्था

महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न

महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न