दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल

दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय सुनाएको छ । बुधबार सियोल केन्द्रीय जिल्ला अदालतले उहाँलाई घुस लिएको अभियोगमा दोषी ठहर गरे पनि स्टक हेरफेर र चुनावी वित्तसम्बन्धी कानून उल्लङ्घनका आरोपबाट भने मुक्त गरेको छ ।

त्रिपन्न वर्षीया किम लामो समयदेखि विवादमा तानिँदै आउनुभएको थियो । भ्रष्टाचार, प्रभावको दुरुपयोग र शैक्षिक अभिलेखमा अनियमितताका आरोपले उहाँका पति पूर्वराष्ट्रपति युन सुक योलको कार्यकालभरि दक्षिण कोरियाको राजनीति प्रभावित भएको थियो । किम र युन दुवै डिसेम्बर २०२४ मा मार्सल ल घोषणा र त्यसपछि उत्पन्न राजनीतिक अराजकतासँग सम्बन्धित घटनाका कारण हिरासतमा हुनुहुन्छ ।

अदालतका अनुसार किमले व्यवसायी तथा राजनीतिज्ञहरूबाट दुई लाख अमेरिकी डलरभन्दा बढी मूल्यका उपहार र नगद लिनुभएको थियो । तीमध्ये एक धार्मिक समूहका नेताबाट प्राप्त दुईवटा ब्रान्डेड ह्यान्डब्याग र गहनासमेत रहेका थिए । यद्यपि अभियोजन पक्षले लगाएको स्टक हेरफेर र चुनावी कोष दुरुपयोगको आरोप प्रमाणित हुन सकेन ।

कालो पोशाक, मास्क र चश्मा लगाएर सजाय सुनुवाइका क्रममा किम अदालतमा उपस्थित हुनुभएको िथयो । अभियोजकहरूले उहाँ आफूलाई कानूनभन्दा माथि ठान्ने र राज्य तथा धर्मबीचको संवैधानिक विभाजन कमजोर पार्ने कार्यमा संलग्न भएको दाबी गरेका थिए । उहाँका कार्यले देशका संस्थाहरूलाई गम्भीर रूपमा कमजोर पारेको अभियोजनको तर्क थियो ।

किमले भने अन्तिम बयानमा आरोपहरू अन्यायपूर्ण भएको बताउँदै अस्वीकार गर्नुभएको थियो । तर आफ्नो भूमिकाका कारण समस्या उत्पन्न भएको स्वीकार गर्दै माफी माग्नुभएको थियो । “मलाई सुम्पिएको जिम्मेवारीबारे सोच्दा धेरै गल्ती गरेको स्पष्ट हुन्छ”, उहाँले भन्नुभएको थियो ।

किममाथिका घोटालाहरूले पूर्वराष्ट्रपति युनको राजनीतिक एजेन्डालाई बारम्बार छायाँमा पारेका थिए । सन् २०२३ मा सार्वजनिक भएको एक भिडियोमा उहाँले महँगो लक्जरी ह्यान्डब्याग स्वीकार गरेको देखिएपछि ‘डायर ब्याग काण्ड’ ले देशव्यापी आलोचना जन्माएको थियो । यसले सन् २०२४ को संसदीय चुनावमा युनको दलको हारमा पनि भूमिका खेलेको विश्लेषकहरू बताउँछन् ।

यस प्रकरणसँगै धार्मिक समूह युनिफिकेशन चर्चका नेता र केही शीर्ष नेताहरूमाथि पनि अनुसन्धान र सजायको प्रक्रिया अघि बढेको छ । अदालतका निर्णयहरूले पछिल्ला वर्षहरूमा दक्षिण कोरियाको राजनीतिक सङ्कटलाई अझ गहिरो बनाएको देखिएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर

घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

सञ्चारमन्त्री तिमिल्सिनासँग एडिबी नेपालका निर्देशक कोस्वाको शिष्टाचार भेटवार्ता 

सञ्चारमन्त्री तिमिल्सिनासँग एडिबी नेपालका निर्देशक कोस्वाको शिष्टाचार भेटवार्ता 

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर – सार्वजनिक सेवा प्रसारण संस्था

पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, विदेश जान अदालतको अनुमति लिनुपर्ने

पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, विदेश जान अदालतको अनुमति लिनुपर्ने

भारत सरकारको सहयोगमा बागलुङमा स्वास्थ्य चौकी बन्दै

भारत सरकारको सहयोगमा बागलुङमा स्वास्थ्य चौकी बन्दै