अन्तरिम सरकारका मन्त्री चुनावी मैदानमा उत्रिएका भन्दै सांसदद्वारा आलोचना

अन्तरिम सरकारका मन्त्री चुनावी मैदानमा उत्रिएका भन्दै सांसदद्वारा आलोचना

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले अन्तरिम सरकारमा कतिपय मन्त्री चुनावी मैदानमा होमिएका भन्दै टिप्पणी गर्नुभएको छ । बैठकमा विशेष समयमा सांसदहरूले वर्तमान अन्तरिम सरकारका चार जना मन्त्रीले जिम्मेवारी छाडेर प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएको विषयमा असन्तुष्टि जनाउनुभएको हो ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको मन्त्रिपरिषद्का चार जना मन्त्रीले राजीनामा दिई निर्वाचनमा उम्मेदवार दिइसकेका छन् । यसले सरकारको नैतिकतामाथि प्रश्न उठ्नसक्ने भन्दै असन्तुष्टि जनाउनुभएको हो ।

सांसद नारायणदत्त भट्टले नागरिक सरकार गठन हुँदाको विश्वासअनुसार कार्यसम्पादन हुनुपर्नेमा त्यसो हुन नसकेको धारणा राख्नुभयो । नागरिक सरकारमा बसेरै निर्वाचनको उम्मेदवार बन्नु आपत्तिजनक भएको भन्दै उहाँले सत्ताका लागि मात्रै राजनीति गर्ने प्रवृत्तिको आलोचना गर्नुभयो ।

सांसद विष्णुकुमारी सापकोटाले जेनजी आन्दोलनका सहिदहरूको स्मरण गर्दै शान्तिसुरक्षामा सुरक्षा निकायको भूमिका थप प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । निर्वाचन घोषणा भएपछि नैतिक जिम्मेवारीबाट पन्छिँदै मन्त्रीहरूले राजीनामा दिई दलका झण्डा बोकेर चुनावी मैदानमा जानु अनुचित भएको उहाँको भनाइ छ ।

सांसद सुमित्रा बिसीले छ महिनाभित्र चुनाव गराउने प्रतिबद्धतासहित आएको सरकारले बीचमा जिम्मेवारी छाड्नु गैरजिम्मेवारीपूर्ण भएको धारणा राख्नुभयो । उहाँले मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक नगरेको विषयमा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले आगामी निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण बनाउन सरकारसँग आग्रह गर्नुभयो । सांसद मायाप्रसाद शर्माले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई धाँधलीरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउन जोड दिनुभयो । उहाँले सरकारले राष्ट्रिय गौरवका आयोजनाका बजेट रोक्का गर्न नहुने धारणा राख्नुभयो । उहाँले संसद् विघटनपछि सभा सञ्चालनका लागि पहल गरेकामा सभाध्यक्षप्रति आभार पनि व्यक्त गर्नुभयो ।

सांसद भुवनबहादुर सुनारले संसद्ले बनाएको बजेट सरकारले रोक्न नहुने धारणा राख्नुभयो । वर्तमान सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो

बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो

परराष्ट्रमन्त्री खनाल बेइजिङमा – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल बेइजिङमा – सार्वजनिक सेवा प्रसारण संस्था

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना