चुनावी मैदानमा दलहरुको साझा प्रतिबद्धता

चुनावी मैदानमा दलहरुको साझा प्रतिबद्धता

धादिङ- फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष बनाउनका लागि धादिङ जिल्लामा चुनावी दौडमा रहेका राजनीतिक दलहरूले साझा प्रतिबद्धता जाहेर गरेका छन् ।

दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको धादिङ जिल्लाका दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले साझा प्रतिबद्धता जनाएका हुन् ।

जिल्लामा शान्ति, अमनचयन, राजनीतिक तथा सामाजिक सद्भाव कायम गर्दै निर्वाचन गराउनुपर्ने दायित्व राजनीतिक दलहरुको पनि भएका कारण प्रतिश्पर्धी पार्टीहरुले सो निर्णय गरेका हुन।

योसँगै सन्तुलित र न्यायपूर्ण विकास, सुशासन र समतामूलक समाज निर्माणका लागि आपसी सहकार्य अहिलेको अवाश्यकता रहेको पनि सहभागी राजनीतिक दलका नेता तथा उम्मेद्वारहरुको भनाइ थियो ।

निर्वाचनपछि जुनसुकै पार्टी वा उम्मेदवार निर्वाचित भएपनि जिल्लाको समग्र हितका लागि मिलेर काम गर्ने कुरामा समेत दलहरु सहमत भएका छन ।

मतदान प्रक्रियालाई स्वतन्त्र र निष्पक्ष बनाउन सम्बद्ध पक्षलाई सहयोग गर्ने तथा सबै दल र उम्मेदवारप्रति सम्मान र आदरभाव कायम गर्ने कुरा प्रतिबद्धता पत्रमा उल्लेख छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

चालु आर्थिक बर्षका लागि ६ अर्ब ५५ करोडको बजेट स्वीकृत

चालु आर्थिक बर्षका लागि ६ अर्ब ५५ करोडको बजेट स्वीकृत

कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

संसदमा नौ वटा विधेयक पेश गर्न सरकारको स्वीकृति

संसदमा नौ वटा विधेयक पेश गर्न सरकारको स्वीकृति

सामाजिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धतासँगै जनजीवन सहज बन्दै

सामाजिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धतासँगै जनजीवन सहज बन्दै

निरन्तर घट्दै शेयर बजार – सार्वजनिक सेवा प्रसारण संस्था

निरन्तर घट्दै शेयर बजार – सार्वजनिक सेवा प्रसारण संस्था

हसिनाको स्वदेश फर्किने घोषणा – सार्वजनिक सेवा प्रसारण संस्था

हसिनाको स्वदेश फर्किने घोषणा – सार्वजनिक सेवा प्रसारण संस्था