गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा तिमिल्सिना र देवकोटा विजयी

गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा तिमिल्सिना र देवकोटा विजयी

कास्की-: राष्ट्रियसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत गण्डकी प्रदेशबाट ‘अन्य समूह’ मा नेपाली कांग्रेसका जगत तिमिल्सिना र ‘महिला समूह’ मा नेकपा (एमाले)का उम्मेदवार सम्झना देवकोटा विजयी हुनुभएको छ ।

पोखरामा आज सम्पन्न मतदानमा तिमिल्सिनाले पाँच हजार ३३ मतभारसहित विजयी हुँदा उहाँका निकटतम प्रत्याशी नेपाली कम्युनिष्ट पार्टीका कपिल लामाले ९४१ मतभार पाउनुभयो । यस समूहमा राष्ट्रिय जनमोर्चाका शङ्करप्रसाद बरालले ७६ मतभार पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी महिला समूहमा एमालेका देवकोटाले पाँच हजार १४ मतभार पाउनुभयो । नेपाली कम्युनिष्ट पार्टीका गोमा लुइँटेल घिमिरेले ९४१ मतभार पाउनुभएको थियो । राष्ट्रिय जनमोर्चाका लक्ष्मी बाँस्कोटाले ७६ मतभार पाउनुभयो ।

राष्ट्रियसभा चुनावका लागि गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले साझा उम्मेदवार उठाएका थिए । राष्ट्रियसभामा प्रदेशसभाका ५९ सदस्यमध्ये ५७ जना र स्थानीय तहका १६९ मतदातामध्ये १६६ जनाले मतदान गरेका प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जना प्रदेशसभा सदस्य र स्थानीय तहका तीन जनप्रतिनिधि मतदानमा अनुपस्थित रहे । विजयी उम्मेदवारलाई निर्वाचन अधिकृत हिमलाल बेल्बासे, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायतले प्रमाणपत्र वितरण गर्नुभयो ।

पोखरा महानगरपालिका–७ रत्नचोकस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा बिहान ९ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म मतदान भएको थियो । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख एवं अध्यक्ष र उपाध्यक्ष मतदाता हुने कानुनी व्यवस्था छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता

जैविक विविधता संरक्षणसँगै स्थानीय समुदायको सुरक्षा र जीविकोपार्जन सुनिश्चित आवश्यक

जैविक विविधता संरक्षणसँगै स्थानीय समुदायको सुरक्षा र जीविकोपार्जन सुनिश्चित आवश्यक

पत्रकारिता क्षेत्रको सुरक्षा, व्यावसायिकता र पत्रकारको भविष्यका विषयमा गम्भीर प्रश्न उठिरहेका छन्- संचारमन्त्री

पत्रकारिता क्षेत्रको सुरक्षा, व्यावसायिकता र पत्रकारको भविष्यका विषयमा गम्भीर प्रश्न उठिरहेका छन्- संचारमन्त्री

अर्को वर्ष भेटौँला मनास्लु !

अर्को वर्ष भेटौँला मनास्लु !

मनास्लु आरोहका क्रममा हिउँले पुरिएर मृत्यु भएका दुईजनाको शव काठमाडौ पठाइयो

मनास्लु आरोहका क्रममा हिउँले पुरिएर मृत्यु भएका दुईजनाको शव काठमाडौ पठाइयो

शिक्षाविद् डा शर्माको निधन – सार्वजनिक सेवा प्रसारण संस्था

शिक्षाविद् डा शर्माको निधन – सार्वजनिक सेवा प्रसारण संस्था