मधेश प्रदेशमा नेपाली कांग्रेस–एमाले र जसपा नेपाल गठबन्धनका उम्मेदवारहरु बिजयी

मधेश प्रदेशमा नेपाली कांग्रेस–एमाले र जसपा नेपाल गठबन्धनका उम्मेदवारहरु बिजयी

मधेश प्रदेश- मधेश प्रदेशबाट राष्ट्रियसभाको ४ वटा पदका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस–एमाले–जसपा नेपाल गठबन्धनका उम्मेदवारहरु विजयी भएको छन् ।

गठबन्धनका उम्मेदवारहरु अन्य तर्फ महन्थ ठाकुर, अल्प संख्यक तर्फ रंजित कर्ण, दलित तर्फ धर्मेन्द्र पासवान र महिला तर्फ रेखा झा विजयी भएका छन् ।

अन्य तर्फ जसपा नेपालबाट उम्मेदवारी दिएका ठाकुरले ७ हजार ७२५ मतभार पाएर विजयी भएका हुन् । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण पौडेल १ हजार ८ सय ५ मतभार मात्रै पाउन सके । अन्य तर्फको मतदानमा ३१५ मतभार बदर भएको थियो ।

त्यस्तै अल्प संख्यक तर्फ नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका रंजित कर्णले ८ हजार ९३ मतभार ल्याएर विजयी भएका हुन् । नेकपाका उम्मेदवार रामानन्दन प्रसादले १ हजार ३६१ मतभा ल्याउन सके । उम्मेदवारी निश्किृय पार्ने सहमति भएको जसपा नेपालका उम्मेदवार शैलेशकुमार चौधरीले समेत २ सय ७७ मतभार ल्याए । अल्पसंख्यक तर्फ १ सय १४ मतभार बदर भएको थियो ।

त्यस्तै दलित तर्फ नेपाली कांग्रेसका उम्मेदवार धर्मेन्द्र पासवान ७ हजार ९ सय ४ मतभार ल्याएर विजयी भएका हुन् । नेकपाका उम्मेदवार शम्भु पासवानले १ हजार ३ सय ७६ मतभार ल्याउन सके भने जसपा नेपालका उम्मेदवार चमेलीदेवी दासले २ सय ९ मतभार ल्याइन् । दलित तर्फ १ सय ८६ मतभार बदर भएको थियो ।

महिला तर्फ एमालेका उम्मेदवार रेखा झा ७ हजार २सय २२ मतभार ल्याएर विजयी भएका हुन् । नेकपाका उम्मेदवार १ हजार ९ सय ४४ मतभार मात्रै ल्याउन सके । जसपा नेपालका उम्मेदवार चन्द्रकला देवी साहले समेत ३सय २२ मतभार पाएकी थिइन् । महिला तर्फ ३ सय ५७ मतभार बदर भएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो

बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो

परराष्ट्रमन्त्री खनाल बेइजिङमा – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल बेइजिङमा – सार्वजनिक सेवा प्रसारण संस्था

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना