देउवालाई पार्टीको अभिभावक र संरक्षक बनदिन सभापति थापाको आग्रह

देउवालाई पार्टीको अभिभावक र संरक्षक बनदिन सभापति थापाको आग्रह

काठमाडौँ- नेपाली कांग्रेसका नवनियुक्त सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई पार्टीको अभिभावक र संरक्षक बनिदिन आग्रह गर्नु भएको छ ।

केन्द्रीय समितिको बैठकअघि शनिवार पत्रकारहरूसँग कुरा गर्दै थापाले सबैलाई जोड्न आफूले प्रयास गरिरहेको भन्दै कांग्रेसलाई एकताबद्ध गर्न आफूले निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाको सहयोगको अपेक्षा राखेको बताउनु भयो ।

‘निवर्तमान सभापतिबाट अभिभावकको, संरक्षकको भूमिकाको अपेक्षा गरेको छु । अब उहाँले आह्वान गरेर भनिदिनुपर्छ–अब सकियो एक ठाउँमा आउनु भनेर, सभापति थापाको भनाइ थियो ।

निर्वाचन  आयोगले गरेको निर्णय  सबैले स्वीकार गरेर एकै ठाउँमा बसेर निर्णय गर्न अप्ठेरो मान्न नुहुँने सभापति थापाले जोड दिनु भयो ।

कां दिनपछि चुनावको मनोनयन छ, यो बीचमा हामी सबै मिलाउँछौं,’ थापाले भने ।

निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि कांग्रेस केन्द्रीय समितिको बैठक बसेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

छारेभिरको पहिरो पन्छाउन सकस – सार्वजनिक सेवा प्रसारण संस्था

छारेभिरको पहिरो पन्छाउन सकस – सार्वजनिक सेवा प्रसारण संस्था

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल – सार्वजनिक सेवा प्रसारण संस्था

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल – सार्वजनिक सेवा प्रसारण संस्था

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

प्रतिनिधिसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित