नेपाली काँग्रेस फुटेको छैन, यही हो काँग्रेस- महामन्त्री थापा

नेपाली काँग्रेस फुटेको छैन, यही हो काँग्रेस- महामन्त्री थापा

काठमाडौँ-  नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले  नेपाली कांग्रेस अहिले नफुटेको र नेपाली काँग्रेसको विशेष महाधिवेशन गरिरहेको  बताउनु भएको छ। पार्टी केन्द्रीय सदस्यले साधारण सदस्य समेत नरहने गरी कारबाही पछि बोल्दै  महामन्त्री थापाले काँग्रेस नफुटेको र विशेष महाधिवेशन गरिरहेको समूह नै ‘सच्चा कांग्रेस’ भएको बताउनु भएको हो ।

‘यो पार्टी फुटेको छैन। यही हो पार्टी। नेपाली कांग्रेस पार्टी अहिले अधिवेशनको क्रममा छ। आज बेलुकी यसको अधिवेशनको अध्याय सकिन्छ। यो अधिवेशनले जे निर्णय गर्छ, त्यो निर्णयले पार्टी अघि बढाउँछ।’ ‘तपाईंहरू यहाँबाट आफ्नो घर फर्किनुहुन्छ, गाउँ फर्किनुहुन्छ। तपाईंहरूलाई सबैले प्रश्न सोध्ने छन्। तपाईंहरूले काठमाडौंमा भएको गगन र विश्व सहभागी विशेष महाधिवेशनमा गएर आएको थिएँ भन्दा एक जनाको शिर निहुरिँदैन।’ थापाले भन्नु भयो ।

थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको बताउनु भयो । महामन्त्री थापाले नेपालको संविधान कानुनले यहि विशेष अधिवेशन गरिरहेको काँग्रेसलाई नै चिन्ने बताउनु भयो । आफुलाई देशको संविधान कानुनमाथि पूर्ण विश्वास रहेको बताउनु भयो ।

”हामीलाई कारबाही गरेको सुनेका छौं’ थापाले भन्नुभयो, ‘यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा पढ्दै थिएँ, त्यतिवेला म कांग्रेस भएको थिएँ । २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ । २०६२/६३ मा त आन्दोलनको नेतृत्व गरेको थिएँ । कसैले हटायौं भनेर म हट्ने  होइन । हटाउनु अगाडि स्पष्टिकरण सोध्नु पर्दैन ।  महामन्त्री थापाले भन्नुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

अपुष्ट सूचना, तस्बिर र श्रव्यदृश्य सामग्री प्रसारण नगर्न सञ्चार मन्त्रालयको अपिल

अपुष्ट सूचना, तस्बिर र श्रव्यदृश्य सामग्री प्रसारण नगर्न सञ्चार मन्त्रालयको अपिल

४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

राहत तथा उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालित छन्: प्रधानमन्त्री

राहत तथा उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालित छन्: प्रधानमन्त्री

३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

भोटेकोशीमा थप बाढीको जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढीमा परेका ३ सय ३२ जनाको शव फेला

बाढीमा परेका ३ सय ३२ जनाको शव फेला

विपद्मा दलहरु एकजुट भइ काम गर्न सर्वदलीय संयन्त्र गठन

विपद्मा दलहरु एकजुट भइ काम गर्न सर्वदलीय संयन्त्र गठन