प्रधानमन्त्री कार्की – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री कार्की – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न भएको छ ।

त्यस अवसरमा मन्त्रीगण, प्रधान सेनापतिलगायत विभिन्न सुरक्षा निकायका उच्च अधिकारी, मुख्य सचिव तथा सचिव, विभागीय प्रमुख, निजी क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति थियो ।

कार्यक्रममा जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले स्वजागरणसम्बन्धी प्रवचन दिनुभएको थियो ।

प्रधानमन्त्री कार्कीले स्वजागरण अभियानले नैतिकता, सदाचारिता र सेवाभावयुक्त जनशक्ति निर्माण गरी मुलुकमा सुशासन स्थापनामा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विभिन्न कालखण्डमा मुलुकमा भएका विविध सामाजिकराजनीतिक आन्दोलनहरू तथा जेनजी पुस्ताको सदाचार र सुशासनको मागलाई ध्यानमा राख्दै अब स्वजागरणलाई सबै तहमा संस्थागत गरी दैनिक जीवनको हिस्सा बनाउनु अपरिहार्य भएको प्रधानमन्त्रीले बताउनुभयो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

इजरायल र लेवनानबीच १० दिने युद्धविराम सम्झौता कार्यान्वयनमा

इजरायल र लेवनानबीच १० दिने युद्धविराम सम्झौता कार्यान्वयनमा

संसदीय दलको नेता चयन गर्न काँग्रेस सांसदहरुको बैठक बस्दै

संसदीय दलको नेता चयन गर्न काँग्रेस सांसदहरुको बैठक बस्दै

मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त

मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त

आजका लागि कृषिउपजको थोक मूल्य

आजका लागि कृषिउपजको थोक मूल्य

मातातीर्थमा मातृभक्तको भीड – सार्वजनिक सेवा प्रसारण संस्था

मातातीर्थमा मातृभक्तको भीड – सार्वजनिक सेवा प्रसारण संस्था

बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ

बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ

एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन

एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन