विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग

विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग

काठमाडौँ–  निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा विभिन्न आयामबाट छलफल चलाइरहेको छ ।
विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार (आउट अफ कन्ट्री भोटिङ) दिने सवालमा प्रमुख आयुक्त मानबहादुर कार्कीसहितका पदाधिकारीले सरोकारवाला एवं जानकारहरूसँग विमर्श चलाउनुभएको हो ।
आयोगले सम्बन्धित मुलुकमा रहेका नेपाली नागरिकको सङ्ख्या, मतदाता नामावली सङ्कलनको सम्भावित प्रक्रिया, मतदानको सम्भावित विधि तथा निर्वाचन सञ्चालनमा कूटनीतिक नियोगको भूमिकाबारे विचारविमर्श गरिरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।
     विदेशमा रहेका नेपालीको यकीन विवरण सङ्कलन, उनीहरूलाई मतदाता नामावलीमा समेट्ने प्रक्रिया, मतदान केन्द्रको सम्भावित व्यवस्था तथा मतदानपछि मतपत्र व्यवस्थापनलगायत प्राविधिक र प्रशासनिक पक्षमा समेत आयोगले छलफल चलाएको छ ।
यसै सन्दर्भमा आयोगले परराष्ट्र मन्त्रालयको सहजीकरणमा हालै विभिन्न मुलुकस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगका प्रमुखसँग छलफल गरेको थियो ।
आयोगको आफ्नै अध्ययन सामग्रीमा पनि विभिन्न मुलुकले विदेशस्थित दूतावास तथा कन्सुलेटमा मतदान केन्द्र स्थापना गर्ने, हुलाकमार्फत मतदान गराउने, प्रतिनिधिमार्फत मतदान गर्ने तथा विद्युतीय वा मिश्रित विधि अपनाउने विकल्प र सोका लागि आवश्यक कानुनी र नीतिगत परिवर्तनको अध्ययन पनि गरिरहेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

अन्तरराष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

अन्तरराष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग

विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग

भारी वर्षाका कारण मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न सडक अवरुद्ध

भारी वर्षाका कारण मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न सडक अवरुद्ध

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छः परराष्ट्रमन्त्री खनाल

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छः परराष्ट्रमन्त्री खनाल

खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती

खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती

प्राविधिक – सार्वजनिक सेवा प्रसारण संस्था

प्राविधिक – सार्वजनिक सेवा प्रसारण संस्था

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर