शिक्षाविद् डा शर्माको निधन – सार्वजनिक सेवा प्रसारण संस्था

शिक्षाविद् डा शर्माको निधन – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ-शिक्षाविद् तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा डा सुरेशराज शर्माको आज ८६ वर्षको उमेरमा निधन भएको छ ।

शिक्षाविद् डा शर्माको उपचारका क्रममा आज काठमाडौँको धुम्बाराहीस्थित हेम्स अस्पतालमा निधन भएको हो  । उहाँको बिहीबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

सिन्धुलीमा १९९७ साउनमा जन्मिनुभएका डा शर्माले रसायनशास्त्रमा विद्यावारिधि गर्नुभएको थियो । उहाँ नेपालको उच्च शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने शिक्षाविद्का रूपमा परिचित हुनुहुन्थ्यो । सामुदायिक क्षेत्रबाट विश्वविद्यालय सञ्चालन र उच्च शिक्षाको विस्तारमा उहाँको महत्वपूर्ण भूमिका रहेको थियो । विशेषगरी उच्च शिक्षालाई प्राविधिक तथा व्यावसायिक धारसँग जोड्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ शिक्षाविद् डा शर्माले विभिन्न शिक्षालयमा रहेर काम गर्नुभएको थियो ।

काठमाडौँ विश्वविद्यालय स्थापनापछि संस्थापक उपकुलपतिका रूपमा शिक्षाविद् डा शर्माले विश्वविद्यालयको शैक्षिक तथा संस्थागत आधार निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको नेतृत्वमा विश्वविद्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकता दिँदै उच्च शिक्षामा नयाँ अभ्यासको सुरुआत गरेको थियो ।

शिक्षाको गुणस्तर, अनुसन्धान तथा व्यावसायिक शिक्षाको विस्तारलाई प्राथमिकता दिनुपर्ने मान्यता राख्दै आउनुभएका शिक्षाविद् डा शर्माले नेपालको उच्च शिक्षा क्षेत्रमा लामो समय योगदान दिनुभएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

शिक्षाविद् डा शर्माको निधन – सार्वजनिक सेवा प्रसारण संस्था

शिक्षाविद् डा शर्माको निधन – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री शाह न्यूयोर्कमा – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री शाह न्यूयोर्कमा – सार्वजनिक सेवा प्रसारण संस्था

फ्लाई दुबईको जहाज पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण

फ्लाई दुबईको जहाज पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण

लघु, घरेलु तथा साना उद्योग क्षेत्र सरकारको प्राथमिकतामा छः कार्यवाहक प्रधानमन्त्री वाग्ले

लघु, घरेलु तथा साना उद्योग क्षेत्र सरकारको प्राथमिकतामा छः कार्यवाहक प्रधानमन्त्री वाग्ले

प्रधानमन्त्री शाह न्यूयोर्कमा – सार्वजनिक सेवा प्रसारण संस्था

मौसमी विपद् जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी र सतर्कता अपनाउन प्रमको आग्रह

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस