पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित अघि बढाउने अध्यक्ष ओलीको भनाइ

पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित अघि बढाउने अध्यक्ष ओलीको भनाइ

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट दिशासहित अघि बढाउने बताउनुभएको छ । ललितपुरको भनिमण्डलमा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकलाई आज सम्बोधन गर्दै उहाँले लोकतन्त्रका संस्थागत रक्षा गर्नु एमालेको पनि प्रमुख जिम्मेवारी भएकाले नयाँ योजनासहित राष्ट्र, जनताका पक्षमा निरन्तर लाग्ने बताउनुभयो ।

अध्यक्ष ओलीले पार्टीको पुनःनिर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको संरक्षणलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । अहिले बसिरहेका बैठक केवल निर्वाचन परिणामको समीक्षा गर्ने थलो नभई पार्टीको अवस्था, कमजोरी र भावी दिशाबारे गम्भीर आत्मसमीक्षा गर्ने अवसर भएको उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले निर्वाचनबाट प्राप्त नतिजाबाट शिक्षा लिँदै पार्टीभित्रका कमजोरी पहिचान गर्न, जनतासँगको सम्बन्ध अझ बलियो बनाउन तथा सङ्गठनलाई सुदृढ गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो उहाँले भन्नुभयो, “गत फागुनमा सम्पन्न भएको निर्वाचनमा एमाले कमजोर भएको छ, तर यसको जरा सुकेको छैन ।”

अध्यक्ष ओलीले राजनीतिक स्थिरता नरुचाउने शक्ति अझै सक्रिय रहेका आरोप लगाउँदै सरकार र नेतृत्वविरुद्ध अफवाह, गलत सूचना, घृणा र अविश्वास फैलाउने प्रयास भइरहेकाले यसतर्फ सबै सचेत भई स्थायीत्व कायम गर्नुपर्नेमा जोड दिनुभयो । बैठकमा विभिन्न नौ कार्यसूचिमाथि छलफल हुने छ । बैठक यही असोज ७ गतेसम्म सञ्चालन हुनेछ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित अघि बढाउने अध्यक्ष ओलीको भनाइ

पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित अघि बढाउने अध्यक्ष ओलीको भनाइ

स्वदेशमै स्रोत र सीपलाई सदुपयोग गर्न सके यही काम गर्न र कमाउन सकिन्छ

स्वदेशमै स्रोत र सीपलाई सदुपयोग गर्न सके यही काम गर्न र कमाउन सकिन्छ

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

नेपाल टेलिभिजन र सीटीइभीटीबीच सहकार्य सम्झौता

नेपाल टेलिभिजन र सीटीइभीटीबीच सहकार्य सम्झौता

भोटेकोशी बाढी प्रभावित बालबालिकाको पढाइ रोकिँदैन: शिक्षामन्त्री

भोटेकोशी बाढी प्रभावित बालबालिकाको पढाइ रोकिँदैन: शिक्षामन्त्री