प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानका राजदूत मेइदा तोरुले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा प्रधानमन्त्री शाहले नेपालले जापानका समकक्षी सानाए ताकाइची र परराष्ट्रमन्त्री तोशिमित्सु मोतेगीले रसुवाका बाढीपीडितप्रति देखाउनुभएको सद्भाव, ऐक्यबद्धता, सहानुभूति तथा समवेदनाका लागि धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।

उहाँले जापान सरकारले जाइकामार्फत उपलब्ध गराएको राहत सामग्री र अनुदान सहायताका लागि पनि धन्यवाद ज्ञापन गर्नुभयो । जापान नेपालको महत्त्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै उहाँले जापानसँग विपद्पछिको पुनःनिर्माण तथा पुनःस्थापनामा समेत सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

त्यस अवसरमा राजदूत तोरुले जापान सरकारले नेपाललाई विपद् प्रभावितको पुनःस्थापना तथा पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । साथै, उहाँले नेपालमा बाढी तथा यस्ता विपदहरुको उच्च जोखिम रहेको उल्लेख गर्दै यसका कारण तथा क्षतिका बारेमा थप वैज्ञानिक अध्ययन तथा अनुसन्धान गर्न आवश्यक रहेको विषयमा जोड दिनुभयो ।

राजदूत तोरुले नेपाल–जापानबीच आपसी सम्बन्धका विविध आयामहरूमा रहिआएको उल्लेख गर्दै सहकार्यका साथै पूर्वाधार विकास, प्रविधि हस्तान्तरण र शिक्षा क्षेत्रको सुधारलगायत विषयमा आफ्ना धारणा राख्नुभएको थियो । जापान लामो समयदेखि नेपालको विकासको साझेदार रहँदै आएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

यस्ता छन् मन्त्रिपरिषद बैठकका ६ निर्णय

यस्ता छन् मन्त्रिपरिषद बैठकका ६ निर्णय

बाढीबाट प्रभावित क्षेत्रमा विद्युत् सेवामा सहुलियत उपलब्ध गराइने

बाढीबाट प्रभावित क्षेत्रमा विद्युत् सेवामा सहुलियत उपलब्ध गराइने

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

सर्वदलीय सयन्त्र गठनदेखि ‘इभी सेफ्टी एजुकेशन’ लागु गर्नेसम्मका माग

सर्वदलीय सयन्त्र गठनदेखि ‘इभी सेफ्टी एजुकेशन’ लागु गर्नेसम्मका माग

सिंहदरबास्थित रास्वपा संसदीय दलको कार्यालयमा सर्वदलीय बैठक

सिंहदरबास्थित रास्वपा संसदीय दलको कार्यालयमा सर्वदलीय बैठक

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर