यस्ता छन् मन्त्रिपरिषद बैठकका ६ निर्णय

यस्ता छन् मन्त्रिपरिषद बैठकका ६ निर्णय

काठमाडौँ- मन्त्रिपरिषद बैठकले सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३ स्वीकृत गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको  बैठकले रकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले एक बर्ष भन्दा कम समयको  धितोपत्र कारोबारमा नाफाको ५ प्रतिशत र एक बर्ष भन्दा बढी अवधिको कारोबारमा नाफाको ३.५ प्रतिशत पूँजीगत लाभकर कायम गर्ने निर्णय  समेत गरेको छ ।

बैठकले साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा÷क्षतिपूर्ति रकमसम्बन्धी कानूनी कारबाहीका लागि साउदी नागरिक कानून व्यवसायीलाई वारेसनामा (पावर अफ एटर्नी) दिई बीमा÷क्षतिपूर्तिको प्रक्रिया अगाडि बढाउने सम्बन्धी आदेश जारी गर्ने  लगायतका निर्णयहरु गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरूः

१.सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने ।

२.नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निःसर्गबाट, प्राप्त लाभमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा ३६५ दिनभन्दा बढी, अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ३.५ प्रतिशत र ३६५ वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत अग्रिम कर कायम गर्ने ।

३.नेपाल न्याय सेवा, न्याय समूह राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरू श्री ठगीन्द्र कट्टेल, श्री रामप्रसाद भट्टराई र श्री बाबुराम दाहाललाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने ।

४.साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा÷क्षतिपूर्ति रकमसम्बन्धी कानूनी कारबाहीका लागि साउदी नागरिक कानून व्यवसायीलाई वारेसनामा (पावर अफ एटर्नी) दिई बीमा÷क्षतिपूर्तिको प्रक्रिया अगाडि बढाउने सम्बन्धी आदेश जारी गर्ने ।

५.चक्रीय राहत कोष सञ्चालन कार्यविधि, २०८३ स्वीकृत गर्ने ।

६.नेपाल प्रशासन सेवाका सहसचिव श्री कालीप्रसाद पराजुलीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

यस्ता छन् मन्त्रिपरिषद बैठकका ६ निर्णय

यस्ता छन् मन्त्रिपरिषद बैठकका ६ निर्णय

बाढीबाट प्रभावित क्षेत्रमा विद्युत् सेवामा सहुलियत उपलब्ध गराइने

बाढीबाट प्रभावित क्षेत्रमा विद्युत् सेवामा सहुलियत उपलब्ध गराइने

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

सर्वदलीय सयन्त्र गठनदेखि ‘इभी सेफ्टी एजुकेशन’ लागु गर्नेसम्मका माग

सर्वदलीय सयन्त्र गठनदेखि ‘इभी सेफ्टी एजुकेशन’ लागु गर्नेसम्मका माग

सिंहदरबास्थित रास्वपा संसदीय दलको कार्यालयमा सर्वदलीय बैठक

सिंहदरबास्थित रास्वपा संसदीय दलको कार्यालयमा सर्वदलीय बैठक

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर