पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा

पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताउनुभएको छ । कांग्रेस स्याङ्जाले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ४५ दिनको पूण्यतिथिमा आज आयोजित शोक सभालाई सम्बोधन गर्दै उहाँले पार्टीलाई मजबुत बनाउनका लागि सभापतिको हैसियतले जिम्मेवारपूर्वक अगाडि बढ्ने बताउनुभयो ।

“पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु”, उहाँले भन्नुभयो, “नरम पनि छु र पार्टीभित्र भएका कमी कमजोरीहरूलाई हटाएर निर्मम पनि भएर अगाडि बढ्नुपर्ने छ, त्यो सजिलो छैन र पनि पार्टी हितका सन्दर्भमा निर्मम भएर लाग्छु ।” पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने जिम्मेवारीलाई बुझेर सोहीअनुसार अगाडि बढ्नकालागि लागि पर्ने उहाँले बताउनुभयो ।

देशमा आइपरेका जटिल समयहरूमा कांग्रेस जिम्मेवार भएर समस्या समाधान गर्दै आइरहेको बताउँदै उहाँले नागरिकमाझ विश्वास र भरोसा जगाउने बताउनुभयो । स्व श्रेष्ठले पार्टीलाई मजबुत बनाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उहाँको भनाइ थियो ।

विपद्को समय सरकारको टिप्पणी गर्ने उपयुक्त समय नभएको सभापति थापाको भनाइ छ । शोकसभामा महामन्त्री प्रदीप पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मालगायतका वक्ताहरूले स्व श्रेष्ठले पार्टीप्रति खेलेको भूमिकाको चर्चा गर्नुभएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण:परराष्ट्रमन्त्री

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण:परराष्ट्रमन्त्री

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

आज विश्व प्राथमिक उपचार दिवस

आज विश्व प्राथमिक उपचार दिवस

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर