
काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि क्यासिनो माजोङले ५४ लाख २३ हजार रुपैयाँ सहयोग गरेको छ।
क्यासिनो माजोङका अध्यक्ष विनोद श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलसमक्ष उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्।
क्यासिनो माजोङ नेपाल, माजोङ वीरगञ्ज, माजोङ नेपालगञ्ज तथा नेपालगञ्ज र वीरगञ्जका कर्मचारी र वीर गोर्खा सेक्युरिटी सर्भिसको संयुक्त पहलमा रकम संकलन गरिएको जनाइएको छ।
बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउनुका साथै उनीहरूको पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको क्यासिनो माजोङले जनाएको छ।

