तीन दिनमा ८७ हजार सिलिण्डर ग्यास काठमाडौँ भित्रियो

तीन दिनमा ८७ हजार सिलिण्डर ग्यास काठमाडौँ भित्रियो

काठमाडौँ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट ८७ हजारभन्दा बढी सिलिण्डर ग्यास काठमाडौँ भित्र्याइएको छ ।

नेपाल आयल निगमका अनुसार विभिन्न १८ कम्पनीले बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरीमा रहेका उद्योगबाट ‘रिफल’ गरेर ८७ हजार ८७७ वटा सिलिण्डर काठमाडौँ ल्याएका हुन् ।

यही भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ वटा सिलिण्डर उपत्यका भित्रिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो । मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्गमार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको छ ।

यही भदौ १४ गते त्रिशूलीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेट बाटैमा रोकिएका थिए । त्यसलगत्तै निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगमा भरिएका ग्यास सिलिण्डर काठमाडौँ भित्रयाउने व्यवस्था गरेको हो । निगमले ग्यास आपूर्तिलाई सहज बनाउन सार्वजनिक बिदाका दिनमा पनि ‘रिफिलिङ’ र ढुवानी नियमित गर्न ग्यास उद्योगलाई निर्देशन दिइएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

राष्ट्रपतिबाट राष्ट्रका नाममा सम्बोधन – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रपतिबाट राष्ट्रका नाममा सम्बोधन – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर