परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

काठमाडौँ, २१ भदौः परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ ।

परराष्ट्र मन्त्रालयमा आज भएको द्विपक्षीय भेटवार्ताका क्रममा यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता हुनुभएका गणतन्त्र कोरियाका नागरिकहरूको खोजी तथा उद्धार कार्यका विषयमा पनि गम्भीर छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवसरमा परराष्ट्रमन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन अन्तरनिकाय द्रुत प्रतिकार्य टोली तथा कोरियाको ‘डिजास्टर रिलिफ टिम’ पठाउनुभएकामा गणतन्त्र कोरिया सरकारप्रति आभार व्यक्त गर्नुभयो । उहाँले बाढीपीडित नागरिकका लागि गणतन्त्र कोरिया सरकारबाट उपलब्ध गराइएको मानवीय सहायता तथा राहत सामग्रीप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

विपद्पछिको पुनर्निर्माणलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खनालले भविष्यमा यस्ता विपद्बाट कम क्षति हुनेगरी दिगो र सुरक्षित पूर्वाधार निर्माण तथा ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार पुनर्निर्माण अघि बढाइने बताउनुभयो । यस कार्यमा गणतन्त्र कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो ।

भेटवार्तामा गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री ह्युनले नेपालमा विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाका प्रयासमा आफ्नो सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउन इच्छुक रहेको बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको जनधन तथा पूर्वाधारको क्षतिप्रति अन्तरराष्ट्रिय समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै मन्त्री ह्युनले जलवायु परिवर्तनका असर र त्यसबाट सिर्जित विपद्का विषयमा विश्वसमुदायलाई थप संवेदनशील बनाउन नेपाल र गणतन्त्र कोरियाले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप) लगायतका अन्तरराष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेका चुनौती र क्षतिका विषयमा संयुक्त रूपमा आवाज उठाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

साथै, नेपालले जलवायु परिवर्तनबाट भएको क्षतिका लागि अन्तरराष्ट्रिय समुदायबाट प्राप्त गर्नुपर्ने वित्तीय सहयोगका विषयमा गणतन्त्र कोरियाले आफ्नोतर्फबाट आवाज उठाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भेटवार्ताका क्रममा दुवै मन्त्रीहरूले नेपाल र गणतन्त्र कोरियाबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास, समझदारी र सहकार्यलाई अझ सुदृढ एवं व्यापक बनाउँदै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन निकट सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

नेपाल र गणतन्त्र कोरियाबीच श्रम, विकास साझेदारी, व्यापार, लगानी, प्रविधि तथा जनस्तरको सम्बन्धलगायत विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको छ । पछिल्लो विपद्का समयमा गणतन्त्र कोरियाबाट प्राप्त खोज तथा उद्धार सहयोग, मानवीय सहायता र राहत सामग्रीले दुई देशबीचको मित्रता र ऐक्यबद्धतालाई थप सुदृढ बनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Robert Kelker Kelly Death Reason | Days Of Our Lives, General Hospital Robert Kelker-Kelly Died At 62 | Robert Kelker Kelly Cause Of Death | What Happened To Robert Kelker Kelly | How Did Robert Kelker Kelly Die | Robert Kelker Kelly Daughter | Robert Kelker Kelly Passed Away After Cardiac Arrest

Sebastian Stan Turned Down Paul Wesley’s Vampire Diaries Role: Reason Why

Sebastian Stan Turned Down Paul Wesley’s Vampire Diaries Role: Reason Why

Jailer 2 Trailer: Tiger Is Back! Rajinikanth Takes On A Deadlier Enemy In Nelson’s Sequel

Jailer 2 Trailer: Tiger Is Back! Rajinikanth Takes On A Deadlier Enemy In Nelson’s Sequel

Bakaiti Season 2 EXCLUSIVE! Rajesh Tailang On Bakaiti 2 Twist, Sanjay-Sushma Fight In ZEE5 Web Series

Bakaiti Season 2 EXCLUSIVE! Rajesh Tailang On Bakaiti 2 Twist, Sanjay-Sushma Fight In ZEE5 Web Series

Varanasi: SS Rajamouli’s son teases ‘crazy action’ in Mahesh Babu film, makers strive for Oscars stunt category

Varanasi: SS Rajamouli’s son teases ‘crazy action’ in Mahesh Babu film, makers strive for Oscars stunt category

Kylie Jenner Wakes Up Kids Stormi, Aire With Megaphones in Adorable Vlog

Kylie Jenner Wakes Up Kids Stormi, Aire With Megaphones in Adorable Vlog

Digger Box Office Day 3: Tom Cruise Starrer Off To A Slow Start

Digger Box Office Day 3: Tom Cruise Starrer Off To A Slow Start