
काठमाडौँ- भोटेकोशी बाढीमा परेर मृत्यु भएका ९ सय ३ जनाको शव प्राप्त/ ४ हजार २ सय ४७ जना अझै सम्पर्क बिहिन/ खोज तथा उद्धार कार्य जारी।
रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ९ सय ३ पुगेको छ । शव फेला परेका स्थान मध्ये रसुवामा २४, नुवाकोट-९५, धादिङम ५५, गोरखा ६२, तनहुँ ३७, नवलपरासी पश्चिम १५१, नवलपरासी पूर्व २०७ र सबैभन्दा बढी चितवनमा २ सय ७२ जनाको शव फेला परेको हो । राष्ट्रिय विपद् जोखिम न्युनीकरण
तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म ४ हजार २ सय ४७ जना सम्पर्कविहीन छन् । नेपाल प्रहरी २५ जना, नेपाल सेना ४५ जना, सशस्त्र प्रहरी बल नेपाल १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका ४ जना, रसुवामा ५६२ जना, नुवाकोटमा ११५ जना, जलविद्युत आयोजनाबाट ९३३ जना, मकवानपुरबाट ६५ जना, विदेशी नागरिक ५९२ जना, विदेशी पर्यटकसँग घुम्न गएका १२७ जना, लाङटाङ राष्ट्रिय निकुञ्जबाट ३ र क्वारेन्टाइन कार्यालयबाट ३ जना सम्पर्कविहीन छन् । प्राधिकरणका अनुसार हालसम्म ९ हजार ४३५ जनाको उद्धार भएको छ ।

