बढी पहिरोबाट विभिन्न स्थानका सडक अवरुद्ध

बढी पहिरोबाट विभिन्न स्थानका सडक अवरुद्ध

काठमाडौँ- भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरस्थित त्रिशूली नदीले कटान गर्दा सडक भासिन गई मानिससमेत आवतजावत गर्न नसक्ने गरी पूर्ण रुपमा अवरुद्ध भएको छ ।

त्यसैगरी धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पनि बाढीको कारण सडकको तल्लो भाग भासिएको कारणले पूर्ण रुपमा अवरुद्ध भएको छ । मुगुबाट गमगढी आउने सडक पनि अविरल वर्षाको कारणले अवरुद्ध छ ।

त्यसैगरी ओखलढुङ्गास्थित सिद्धिचरण लोकमार्गअन्तर्गतको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ६ र ७ लाई जोड्ने सडक पनि अवरुद्ध छ । त्यसैगरी लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ श्रीचौरस्थित बेँशीसहर मनाङ सडक पनि पूर्ण रुपमा अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बढी पहिरोबाट विभिन्न स्थानका सडक अवरुद्ध

बढी पहिरोबाट विभिन्न स्थानका सडक अवरुद्ध

प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा थप तीव्रता

प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा थप तीव्रता

बढी पहिरोबाट विभिन्न स्थानका सडक अवरुद्ध

पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध,भसिएको सडकको प्राविधिक अध्ययन गरिँदै

बाढीमा बेपत्ता आफन्तको खोजीमा भौँतारिदै

बाढीमा बेपत्ता आफन्तको खोजीमा भौँतारिदै

जलविद्युत् आयोजनाको सुरङभित्र फसेकाहरुको उद्धार तिव्रता

जलविद्युत् आयोजनाको सुरङभित्र फसेकाहरुको उद्धार तिव्रता

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन

आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई

आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई