१३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन – सार्वजनिक सेवा प्रसारण संस्था

१३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। विपद्‌मा परेका नागरिकको रक्षाका लागि गृह प्रशासनले १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरेको छ।

बाढीग्रस्त क्षेत्रमा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन नेपाल प्रहरीका ७ हजार २५० जना, नेपाली सेनाका ४ हजार २०० जना र सशस्त्र प्रहरी बल नेपालका १ हजार ८४५ जना सुरक्षाकर्मी प्रत्यक्ष रूपमा खटिएका छन्। सडक सञ्जाल अवरुद्ध भएका कारण उद्धार टोलीहरूले हवाई र पैदल दुवै मार्गबाट कार्य अघि बढाएका छन्।

स्थलगत पहुँच कठिन भएका स्थानहरूमा हवाई मार्गबाट द्रुत उद्धार गरिएको छ। नेपाली सेना र निजी हवाई कम्पनीका हेलिकप्टरहरूले ६९ पटक उडान भरेर जोखिमपूर्ण स्थितिमा थुनिएका ३५१ जना नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याएका छन्।

प्रतिकूल मौसम र नदीको तीव्र बहावका बाबजुद सुरक्षाकर्मीहरूले आफ्नै ज्यान जोखिममा राखेर निरन्तर उद्धार गरिरहेका छन्। स्थानीय प्रशासन र सुरक्षा निकायले बाँकी क्षेत्रमा पनि खोजी र राहत वितरणको कार्यलाई अझ बलियो र विस्तृत बनाउँदै लगेका छन्।

Source link

संबधित खबर

धेरै पढ़िएको

नेपालको दुःखमा साथ दिने युएईको प्रतिबद्धता

नेपालको दुःखमा साथ दिने युएईको प्रतिबद्धता

१३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन – सार्वजनिक सेवा प्रसारण संस्था

१३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन – सार्वजनिक सेवा प्रसारण संस्था

अपुष्ट सूचना, तस्बिर र श्रव्यदृश्य सामग्री प्रसारण नगर्न सञ्चार मन्त्रालयको अपिल

अपुष्ट सूचना, तस्बिर र श्रव्यदृश्य सामग्री प्रसारण नगर्न सञ्चार मन्त्रालयको अपिल

४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

राहत तथा उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालित छन्: प्रधानमन्त्री

राहत तथा उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालित छन्: प्रधानमन्त्री

३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

भोटेकोशीमा थप बाढीको जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह