
काठमाडौँ- सर्वदलीय बैठकले विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार र सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न ‘संसदीय समिति’ गठन गर्ने निर्णय गरेको छ ।
रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीलगायतका जिल्लामा भएको असीमित मानवीय र भौतिक संरचनाको विनाशप्रति दुःख व्यक्त गर्न बसेको सर्वदलीय बैठकले विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि यस्तो संयन्त्र बनाउने सहमति गरेको हो।
विपद् उद्धार तथा राहतलाई प्रभावकारी बनाउनेदेखि दीर्घकालीन पुनर्निर्माण र जोखिम न्यूनीकरणसम्मका विषय समेटेर १० बुँदे प्रस्ताव अघि सारेको छ ।
दलहरुले सङ्कटको दिगो समाधान र पूर्वतयारीका लागि साझा सङ्कल्प गरेका छन्।

