पाल्पामा नेवार समुदायले मनाए ‘पञ्चदान पर्व’

पाल्पामा नेवार समुदायले मनाए ‘पञ्चदान पर्व’

पाल्पा- पाल्पामा नेवार समुदायको परम्परागत धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान यस वर्ष पनि विधिपूर्वक मनाइएको छ।

प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने पञ्चदानलाई नेवार बौद्ध समुदायमा दान, पुण्य र संस्कारसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा लिइन्छ।

काठमाडौँ, भक्तपुर र पाटनबाट पाल्पामा बसाइँसराइँ गरी आएका नेवार समुदायले पुस्तौँदेखि यो संस्कारलाई निरन्तरता दिँदै आएका छन्।

तानसेनस्थित महाचैत्य विहार टक्सार र आनन्द विहारमा शाक्य, बज्राचार्य तथा बुद्धाचार्य समुदायले विशेष विधिपूर्वक नेवारी संस्कार पञ्चदान मनाएका छन। यस संस्कारमा धान, चामल, गेडागुडी, फलफूल, गुलियो सख्खरलगायतका सामग्री दान गर्ने परम्परा छ।

पञ्चदानका दिन बिहानै विहार तथा गुम्बामा पुगेर भन्ते गुरूबाट बुद्धका उपदेश तथा सन्देश श्रवण गर्ने, पूजा गर्ने र नेवारी परम्परा अनुसार दान दिने गरिन्छ।

पञ्चदान गुठी पाल्पाका अध्यक्ष मंगलप्रसाद बज्राचार्यका अनुसार वि.सं. १९८६ सालदेखि पाल्पामा यो संस्कार निरन्तर मनाइँदै आइएको छ।

पूजा, खानेकुरा, पेय पदार्थ, औषधि तथा दैनिक प्रयोजनका सामग्री गरी पाँच प्रकारका वस्तु भिक्षु जीवन पूरा गरी गृहस्थ जीवनमा प्रवेश गर्ने शाक्य तथा बज्राचार्य समुदायका व्यक्तिलाई प्रदान गर्ने परम्परालाई पञ्चदान भनिन्छ।

बुद्धले ज्ञान प्राप्तिका लागि गृहत्याग गरेपछि भिक्षा ग्रहण गरेको प्रसङ्गसँग पनि यसको सम्बन्ध रहेको धार्मिक विश्वास छ। पञ्चदानले दान, करुणा, सामाजिक सद्भाव र सहयोगको भावना बढाउने विश्वास गरिन्छ।

त्यसैले यो पर्व धार्मिक अनुष्ठानमा मात्र सीमित नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको नेवारी संस्कृति र पहिचान संरक्षणको माध्यमसमेत बनेको छ।।

नेवारी कला, संस्कार र संस्कृतिको संरक्षणका लागि तानसेन नगरपालिकाले पनि विभिन्न कार्यक्रममार्फत सहयोग गर्दै आएको वडा नम्बर ३ का अध्यक्ष बाबुरत्न शाक्य बताउनुहुन्छ। संघीय राजधानी काठमाडौँपछि नेवारी संस्कृतिको संरक्षणमा पाल्पा अग्रस्थानमा रहेको स्थानीयको भनाइ छ।

पुर्खौँदेखि चलिआएको पञ्चदानको निरन्तरताले पाल्पामा नेवारी समुदायको धार्मिक आस्था मात्र होइन, मौलिक कला, संस्कार र सांस्कृतिक पहिचानसमेत जीवन्त राखेको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पर्यटन क्षेत्रको प्रवर्द्धनमा ‘नाट्टा’को प्रतिबद्धता

पर्यटन क्षेत्रको प्रवर्द्धनमा ‘नाट्टा’को प्रतिबद्धता

स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने उपत्यका भित्रका स्थानीय तहको प्रतिबद्धता

स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने उपत्यका भित्रका स्थानीय तहको प्रतिबद्धता

इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति

इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति

नेपाल टेलिकम र नेपाल टेलिभिजनबीच सहकार्य हुने

नेपाल टेलिकम र नेपाल टेलिभिजनबीच सहकार्य हुने

९ जना केन्द्रीय सदस्य र ११ जना सचिवालय सदस्य थप गर्ने रास्वपाको निर्णय

९ जना केन्द्रीय सदस्य र ११ जना सचिवालय सदस्य थप गर्ने रास्वपाको निर्णय

पाल्पामा नेवार समुदायले मनाए ‘पञ्चदान पर्व’

पाल्पामा नेवार समुदायले मनाए ‘पञ्चदान पर्व’

महाधिवेशन प्रकृया रोक्न माग गर्दै काँग्रेस संस्थापनइतर पक्षको सर्बोच्चमा रिट

महाधिवेशन प्रकृया रोक्न माग गर्दै काँग्रेस संस्थापनइतर पक्षको सर्बोच्चमा रिट