सञ्चारमन्त्री तिमिल्सिना – सार्वजनिक सेवा प्रसारण संस्था

सञ्चारमन्त्री तिमिल्सिना – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण संस्था (नेपाल टेलिभिजन र रेडियो नेपाल) लाई व्यावसायिक, प्रतिस्पर्धी, प्रभावकारी र जनउत्तरदायी बनाउन आवश्यक भएको बताउनुभएको छ ।

सार्वजनिक सेवा प्रसारण संस्था नेपालले चालु आर्थिक वर्षका लागि निर्धारण गरेको बजेट तथा वर्षभरि सञ्चालन हुने कार्यक्रमबारे जानकारी लिनुहुँदै सञ्चारमन्त्री तिमिल्सिनाले सबैजसो सार्वजनिक संस्थाहरु कमजोर र निष्क्रिय जस्तो अवस्थामा रहेकामा तिनलाई पुनर्जीवन दिई सक्षम संस्थाका रूपमा विकास गर्नुपर्ने उल्लेख गर्नभयो । 

 सार्वजनिक सेवा प्रसारण संस्थाले आफ्नो मूल उद्देश्यअनुसार काम गर्नु नै पहिलो प्राथमिकता हुनुपर्ने सञ्चारमन्त्री तिमिल्सिनाको भनाइ थियो।

अहिले सञ्चारमाध्यमहरू ‘डिजिटल प्लेटफर्म’ र सामाजिक सञ्जालमा तीव्र रूपमा विस्तार भइरहेकाले नेपाल टेलिभिजन र रेडियो नेपालले पनि आफ्ना सामग्रीको गुणस्तर बढाउँदै डिजिटल माध्यममा प्रभावकारी उपस्थिति जनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले उपलब्ध स्रोत, साधन र जनशक्तिको अधिकतम उपयोग गरी उत्कृष्ट नतिजा हासिल गर्न संस्थाका पदाधिकारीहरुलाई निर्देशन दिनुभयो । नेपाल टेलिभिजन र रेडियो नेपालको प्रशासन तथा लेखा शाखालाई एकीकृत गर्न पनि उहाँले सुझाव दिनुभयो ।

नेपाल टेलिभिजन र रेडियो नेपालले खोजमूलक तथा जनचासोका सामग्रीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उहाँले नागरिकलाई सही र विश्वसनीय सूचना प्रवाह गर्न पछि पर्न हुँदैन भन्नभयो ।

विशेषगरी सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचनालाई चिर्न सार्वजनिक सेवा प्रसारण संस्थाको महत्वपूर्ण दायित्व रहेको बताउँदै उहाँले विपद्को समयमा पूर्वसूचना प्रवाह, राहत तथा उद्धारसम्बन्धी सूचना प्रसारणमा पनि सार्वजनिक सेवा प्रसारण संस्थाको भूमिका महत्वपूर्ण हुने दोहोर्‍याउनुभयो ।

सार्वजनिक सेवा प्रसारण संस्थालाई सक्षम संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको सञ्चारमन्त्रीको भनाइ थियो ।

यसैगरी, सञ्चार मन्त्रालयका सहसचिव तथा सार्वजनिक सेवा प्रसारणका सञ्चालक समिति सदस्य रविलाल शर्माले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन आम्दानी र खर्च व्यवस्थापनमा नयाँ सोच र शैलीका कार्यक्रम ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले संस्थाको वार्षिक लेखापरीक्षण समयमै सम्पन्न गर्ने र बेरुजु फछ्र्योटलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

सरकारले सार्वजनिक सेवा प्रसारण संस्थामा ऋण, शेयर लगानी र अनुदान गरी तीनवटै माध्यमबाट लगानी गरिरहेको बताउँदै सहसचिव शर्माले त्यसबाट नागरिक लाभान्वित हुनुपर्ने बताउनुभयो । संस्थामा लगानी भएको सरकारी ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न संस्थाको आम्दानी बढाउनुपर्ने र सरकारले गरेको शेयर लगानीबाट लाभांश प्राप्त गर्ने अवस्था सिर्जना गर्नुपर्ने उहाँको भनाइ थियो ।

सो अवसरमा सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यवाहक अध्यक्ष उर्वशी बस्न्यातले संस्थालाई प्रतिस्पर्धी, जवाफदेही र जनउत्तरदायी बनाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

सञ्चारमन्त्री तिमिल्सिना – सार्वजनिक सेवा प्रसारण संस्था

सञ्चारमन्त्री तिमिल्सिना – सार्वजनिक सेवा प्रसारण संस्था

डोटीको केआईसिंहमा अटो दुर्घटना, एक महिलाको मृत्यु

डोटीको केआईसिंहमा अटो दुर्घटना, एक महिलाको मृत्यु

बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त

सभापति लामिछाने – सार्वजनिक सेवा प्रसारण संस्था

सभापति लामिछाने – सार्वजनिक सेवा प्रसारण संस्था

धादिङबेँसी-सुनौलाबजार-गल्छी सडक अवरुद्ध, बस्तीसमेत जोखिममा

धादिङबेँसी-सुनौलाबजार-गल्छी सडक अवरुद्ध, बस्तीसमेत जोखिममा

बालिका हत्याको विषयलाई लिएर बारामा स्थानीयको विरोध

बालिका हत्याको विषयलाई लिएर बारामा स्थानीयको विरोध

सार्वजनिक संस्थानका कर्मचारीलाई सर्तसहित तलबभत्ता

सार्वजनिक संस्थानका कर्मचारीलाई सर्तसहित तलबभत्ता