मकवानपुरको जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा छ जना घाइते

मकवानपुरको जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा छ जना घाइते

हेटौँडा-मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरिखेतमा सवारी साधन (स्कारपियो) दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भएर आज बिहान सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेको थियो ।

घाइते हुनेमा जिल्ला अदालत पर्साका मुख्य न्यायाधिश गोकर्ण डाँगी, रजिस्ट्रार र तारादत्त बडु, बडुको श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, छोरा रितेन्द्र बडु, रिता बडु र गाडी चालक छुनिलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

घाइतेमध्ये लक्ष्मी बडुको अवस्था गम्भीर रहेको जनाइएको छ । अन्य घाइतेको अवस्था मध्यम रहेको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ

। गाडीमा दुई जना महिला र चार जना पुरुष गरी छ जना रहेको जनाइएको छ । घाइतेलाई उपचारका लागि भीमफेदी अस्पताल पठाइएको छ । दुर्घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएक छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पेसा फेरियो, दलन फेरिएन – सार्वजनिक सेवा प्रसारण संस्था

पेसा फेरियो, दलन फेरिएन – सार्वजनिक सेवा प्रसारण संस्था

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

मकवानपुरको जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा छ जना घाइते

मकवानपुरको जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा छ जना घाइते

तरकारी बेचबिखनमा बिचौलियाको हालीमुहाली, किसान मर्कामा

तरकारी बेचबिखनमा बिचौलियाको हालीमुहाली, किसान मर्कामा

कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छः सभामुख अर्याल

कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छः सभामुख अर्याल

मुलुकीसंहिता समयअनुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम

मुलुकीसंहिता समयअनुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम