तरकारी बेचबिखनमा बिचौलियाको हालीमुहाली, किसान मर्कामा

तरकारी बेचबिखनमा बिचौलियाको हालीमुहाली, किसान मर्कामा

धादिङ- धादिङको शिद्धलेक गाउँपालिकास्थित बुङ्चुङ्गका उमाकान्त सिलवालको मुख्य पेशा तरकारी उत्पादन र पशु पालन हो । वर्षौंदेखि कृषि  पेशा सम्माल्दै जीविकोपार्जनको गर्दे आएका सिलवाल आफ्नो उत्पादनले मुल्य नपाउदा यतिखेर भने निराश बनेका छन् ।

उनी मात्रै होइन जिल्लाका सबै तरकारी उत्पादक किसानहरुको भनाइ एउटै छ, किसानले लागत उठाउन नसक्ने अवस्थामा पनि उपभोक्ताले सस्तोमा तरकारी खान पाउँदैनन् । किनकि तरकारी बजारमा बिचौलियाको प्रभाव घटाउन सकिएको छैन ।

किसानले उत्पादन गरेको तरकारी खेतबारीबाट उपभोक्ताको भान्सासम्म पुग्दा कम्तीमा पाँच तहसम्म बिचौलिया संलग्न हुने गरेको किसानहरूको भनाइ छ ।

यसले किसानले सस्तोमा बेचेको तरकारीको मुल्य बढ्दै अन्ततः उपभोक्ताको भान्सासम्म पुग्दा महँगो हुने गरेको छ । किसानले उत्पादन गरेको तरकारी स्थानीय तहहरूले संकलन केन्द्रमार्फत सहकारीमा पठाउने र सहकारीले व्यापारीलाई बिक्री गर्ने गरेका छन्।

सहकारीबाट थोक व्यापारी हुँदै तरकारी काठमाडौँको कालीमाटी, पोखरा, चितवनलगायतका ठूला बजारमा पुग्छ। त्यसपछि पुनः मझौला व्यापारी र खुद्रा विक्रेतामार्फत उपभोक्ताको भान्सासम्म पुग्ने गरेको छ।

किसानहरू भने अझैपनि बिचौलियाले निर्धारण गरेको मूल्यमा तरकारी बिक्री गर्नुपर्ने बाध्यतामा छन्।

लागत अनुसारको मूल्य पाउन बिचौलियाबाट मुक्त गरी सहकारीमार्फत सिधै ठूला बजारमा बिक्री गर्ने व्यवस्था सरकारले गर्नुपर्ने किसानहरुको माग छ। यसका लागि तरकारी उत्पादक किसानलाई सहकारीमा आबद्ध गराउनुका साथै उपभोक्ताका लागि समेत सहकारीमार्फत तरकारी खरिद गर्ने व्यवस्था गर्नुपर्ने बेनीघाट रोराङ्ग गाउँपालिका स्थित चरौदीका आर्को तरकारी उत्पादक किसान हेमनाथ थपलियाको भनाइ छ ।

यस्तो प्रणाली लागू भएमा बिचौलियाको तह घट्ने र किसानले उत्पादनको उचित मूल्य पाउनुका साथै उपभोक्ताले पनि तुलनात्मक रूपमा सस्तो मूल्यमा तरकारी खरिद गर्न सक्ने अन्य किसानहरुको पनि विश्वास छ।

किसानले उत्पादन गरेको कृषि उपज लागतको आधारमा सरकारले मुल्य तोकेर सहकारीमार्फत विक्रि गर्न सकेको खण्डमा पनि विचौलियाको तह घट्ने विश्वास गरिएको छ ।

देशभरका तरकारी बजार तथा विकास समितिको संरचना र व्यवस्थापनमा कानुनी सुधार गरी किसानको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नुपर्ने आवाज पनि उठेको छ ।

सरकारले यस्ता बजार सुनिश्चित गर्नसके किसान र उपभोक्ताबीचको उच्च मूल्य अन्तर कम गर्दै कृषि क्षेत्रको आपूर्ति श्रृंखलामा सुधार गर्न सकिने अपेक्षा गरिएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

पेसा फेरियो, दलन फेरिएन – सार्वजनिक सेवा प्रसारण संस्था

पेसा फेरियो, दलन फेरिएन – सार्वजनिक सेवा प्रसारण संस्था

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

मकवानपुरको जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा छ जना घाइते

मकवानपुरको जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा छ जना घाइते

तरकारी बेचबिखनमा बिचौलियाको हालीमुहाली, किसान मर्कामा

तरकारी बेचबिखनमा बिचौलियाको हालीमुहाली, किसान मर्कामा

कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छः सभामुख अर्याल

कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छः सभामुख अर्याल

मुलुकीसंहिता समयअनुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम

मुलुकीसंहिता समयअनुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम