बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौँ- बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना एवं दर्शन गर्नुभएको छ । उहाँले रु दुई हजार १०० को रसिद काटी पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना एवं दर्शन गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

अभिनेत्री चोपडासहित आज २३५ जनाले विशेष पूजाको रसिद काटेर मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेका कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले राससलाई जानकारी दिनुभयो । सौरमास अनुसार आज साउनको अन्तिम दिन भएकाले बिहानैदेखि मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । सार्वजनिक बिदा पनि परेकाले साउनको अन्तिम दिन धेरै भक्तजन आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनमा यहाँ आएका हुन् ।

अभिनेत्री चोपडा पनि साउन महिना पारेर पशुपतिनाथको पूजा, आराधना र दर्शन गर्न नेपाल आउनुभएको हो । गत हप्ता बलिउड अभिनेत्री शिल्पा सेट्टीले पनि पशुपतिनाथ मन्दिरमा रसिद काटेर विशेष पूजा, आराधना र दर्शन गर्नुभएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

शिक्षाविद् तथा प्राध्यापक हर्षनारायण धौभडेलको निधन

शिक्षाविद् तथा प्राध्यापक हर्षनारायण धौभडेलको निधन

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

लेखर्कका पहिरोपीडित त्रासमा, स्थायी समाधानका लागि सरकारसँग माग

लेखर्कका पहिरोपीडित त्रासमा, स्थायी समाधानका लागि सरकारसँग माग

जाजरकोेट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता

जाजरकोेट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता

सुरु भयो मिथिलामा झुलनोत्सव – सार्वजनिक सेवा प्रसारण संस्था

सुरु भयो मिथिलामा झुलनोत्सव – सार्वजनिक सेवा प्रसारण संस्था