प्रतिनिधिसभाको बैठकमा खनिज पदार्थ विधेयक पेस हुने

प्रतिनिधिसभाको बैठकमा खनिज पदार्थ विधेयक पेस हुने

काठमाडौँ- सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, आजै दुई वटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, सार्वजनिक लेखा समिति र विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने कार्यसूची छ ।

बिहान ११ः०० बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा ‘ २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा’ छलफल गर्ने कार्यक्रम छ ।

विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे बस्दैछ । सो समितिको बैठकमा ‘डिजिटल अर्थतन्त्रको सम्बन्धमा छलफल’ गर्ने कार्यसूची छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

हुम्लाको लौठीमा बाेलेराे जीप दुर्घटना, २ जना घाइते

हुम्लाको लौठीमा बाेलेराे जीप दुर्घटना, २ जना घाइते

प्रतिनिधिसभाको बैठकमा खनिज पदार्थ विधेयक पेस हुने

प्रतिनिधिसभाको बैठकमा खनिज पदार्थ विधेयक पेस हुने

देशका केही स्थानमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

देशका केही स्थानमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

एक जना बेपत्ता ,एक जना घाइते – सार्वजनिक सेवा प्रसारण संस्था

एक जना बेपत्ता ,एक जना घाइते – सार्वजनिक सेवा प्रसारण संस्था

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, कम्तिमा १३२ जनाको मृत्यु

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, कम्तिमा १३२ जनाको मृत्यु

प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत – सार्वजनिक सेवा प्रसारण संस्था

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत