नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव १५ अङ्कले घटेर दुई हजार ६६३ दशमलव १८ अङ्कमा झरेको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६६ अङ्कले घटेर ४६७ दशमलव ९६ पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ४० अङ्कले घटेर १८३ दशमलव ३३ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक एक दशमलव आठ अङ्कले घटेर १५८ दशमलव ५७ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड सात लाख ६१ हजार ३९६ कित्ता सेयर रु चार अर्ब सात करोड आठ लाख ५३ हजार ६१० मा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये १३ वटै उपसमूह घटेका छन् । आज ५९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २१३ कम्पनीको सेयर घटेको छ । साथै पाँच कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंक, केबिएल डिबेञ्चर, गुडविल फाइनान्स लिमिटेड डिबेञ्चरलगायत लगानीकर्ताले गुमाएका छन् ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत

अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत

टेकुको ‘वेस्ट टू इनर्जी’ परियोजना पुनः सञ्चालन गरिने

टेकुको ‘वेस्ट टू इनर्जी’ परियोजना पुनः सञ्चालन गरिने

परराष्ट्रमन्त्री खनाल – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल – सार्वजनिक सेवा प्रसारण संस्था

प्रवक्ता पोखरेल – सार्वजनिक सेवा प्रसारण संस्था

प्रवक्ता पोखरेल – सार्वजनिक सेवा प्रसारण संस्था

सुनकोशीमा खसेको कार र तीन जना अझै बेपत्ता, ड्रोनसहित उच्च प्रविधिबाट खोजी जारी

सुनकोशीमा खसेको कार र तीन जना अझै बेपत्ता, ड्रोनसहित उच्च प्रविधिबाट खोजी जारी

अर्थमन्त्री वाग्ले – सार्वजनिक सेवा प्रसारण संस्था

अर्थमन्त्री वाग्ले – सार्वजनिक सेवा प्रसारण संस्था

सुकुमवासीलाई लालपुर्जा वितरण गर्न सुरु गरिसकेका छौँः मन्त्री रावल

सुकुमवासीलाई लालपुर्जा वितरण गर्न सुरु गरिसकेका छौँः मन्त्री रावल