सुनसरीको देवानगञ्ज घटनमा घाइते भएका थप एक जनाको निधन

सुनसरीको देवानगञ्ज घटनमा घाइते भएका थप एक जनाको निधन

काठमाडौँ- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा गम्भीर घाइते भएका रविन्द्र मेहताको काठमाडौँमा उपचारका क्रममा निधन भएको छ ।

घटनामा गोली लागेपछि घाइते मेहताको प्रारम्भिक उपचार विराटनगरमा गरिएको थियो।

थप उपचारका लागि काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ल्याइएका मेहताको उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले जानकारी दिनुभयो।

यसैबीच स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । देवानगञ्ज घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत

अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत

टेकुको ‘वेस्ट टू इनर्जी’ परियोजना पुनः सञ्चालन गरिने

टेकुको ‘वेस्ट टू इनर्जी’ परियोजना पुनः सञ्चालन गरिने

परराष्ट्रमन्त्री खनाल – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल – सार्वजनिक सेवा प्रसारण संस्था

प्रवक्ता पोखरेल – सार्वजनिक सेवा प्रसारण संस्था

प्रवक्ता पोखरेल – सार्वजनिक सेवा प्रसारण संस्था

सुनकोशीमा खसेको कार र तीन जना अझै बेपत्ता, ड्रोनसहित उच्च प्रविधिबाट खोजी जारी

सुनकोशीमा खसेको कार र तीन जना अझै बेपत्ता, ड्रोनसहित उच्च प्रविधिबाट खोजी जारी

अर्थमन्त्री वाग्ले – सार्वजनिक सेवा प्रसारण संस्था

अर्थमन्त्री वाग्ले – सार्वजनिक सेवा प्रसारण संस्था

सुकुमवासीलाई लालपुर्जा वितरण गर्न सुरु गरिसकेका छौँः मन्त्री रावल

सुकुमवासीलाई लालपुर्जा वितरण गर्न सुरु गरिसकेका छौँः मन्त्री रावल