गोरखामा बस र जीप एकआपसमा ठोक्किँदा ६ जना घाइते

गोरखामा बस र जीप एकआपसमा ठोक्किँदा ६ जना घाइते

गोरखा- आँबुखैरेनी सडकखण्डमा आज दिउँसो यात्रुवाहक बस र बलेरो जीप एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

गोरखा नगरपालिका-१३, स्थित पाँचकिलोमा सेराबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग २ ख ११४६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०१–०२५ च ०७५८ नम्बरको बलेरो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते हुनेहरुमा बलेरो चालक गोरखाको सहिद लखन गाउँपालिका–१, बक्राङका ३४ वर्षीय विवश विक, सोही स्थानका २७ वर्षीय शंकर विश्वकर्मा र १५ महिनाकी प्रभा विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी बसका चालक गोरखाको पालुङटार नगरपालिका–६ का ३० वर्षीय मिलन गुरुङ, गोरखा नगरपालिका–१३, देउरालीका ४२ वर्षीय कृष्णराम नराल र पालुङटार नगरपालिका–९ का ६५ वर्षीय होमबहादुर बानियाँ पनि घाइते भएका छन् ।

घाइते सबैलाई उपचारका लागि तत्काल उद्धार गरी आँबुखैरेनी अस्पताल, तनहुँमा लगिएको छ।

डिएसपी श्रेष्ठका अनुसार बलेरो चालक विवश विकको छातीमा भित्री चोट लागेको छ । अन्य घाइतेहरुको अवस्था मध्यम रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

पहिरो र खहरे खोलाका कारण विपी राजमार्गमा यात्रा कष्टकर

पहिरो र खहरे खोलाका कारण विपी राजमार्गमा यात्रा कष्टकर

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

मन्त्री श्रेष्ठ – सार्वजनिक सेवा प्रसारण संस्था

मन्त्री श्रेष्ठ – सार्वजनिक सेवा प्रसारण संस्था

भेरी अस्पतलामा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन

भेरी अस्पतलामा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

कांग्रेसद्वारा सुनसरी घटनाको छानविन गर्न न्यायिक समिति गठनको माग

कांग्रेसद्वारा सुनसरी घटनाको छानविन गर्न न्यायिक समिति गठनको माग

राहदानी ऐन अन्तर्गतको कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

राहदानी ऐन अन्तर्गतको कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ