देशका विभिन्न स्थानमा शुक्रबारसम्म मुसलधारे पानी पर्ने, सतर्क रहन आग्रह

देशका विभिन्न स्थानमा शुक्रबारसम्म मुसलधारे पानी पर्ने, सतर्क रहन आग्रह

काठमाडौँ- अबका दुई दिन देशको पहाडी तथा तराई भेगका कतिपय स्थानमा मुसलधारे पानी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम सम्बन्धी पछिल्लो जानकारी अनुसार भोलिसम्म देशका विभिन्न स्थान विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा ठूलो पानी पर्ने संभावना छ ।

कतिपय स्थानमा भिषण पानी पर्ने सम्भावना रहेकोले नदी किनार वरपर र पहिरोको जोखिम रहेको स्थानमा बसोवास गर्नेहरुले आवश्यक सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ ।

महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोक जिल्लामा ९७ दशमलव २ मिलिमिटर मापन भएको जनाएको छ ।

महाशाखाका अनुसार दोलखाको लामाबगरमा ८१ दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।

पछिल्लो २४ घण्टामा मुख्यतः पहाडी क्षेत्रमा उल्लेख्य वर्षा भएको तथा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तुलनात्मक रूपमा कम वर्षा भएको पनि महाशाखाले जानकारी दिएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा

प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा

देशका विभिन्न स्थानमा शुक्रबारसम्म मुसलधारे पानी पर्ने, सतर्क रहन आग्रह

देशका विभिन्न स्थानमा शुक्रबारसम्म मुसलधारे पानी पर्ने, सतर्क रहन आग्रह

रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल

रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल

मन्त्री पोखरेलको – सार्वजनिक सेवा प्रसारण संस्था

मन्त्री पोखरेलको – सार्वजनिक सेवा प्रसारण संस्था

सप्तरीबाट ३३ क्विन्टल भन्दा बढी गाँजा बरामद

सप्तरीबाट ३३ क्विन्टल भन्दा बढी गाँजा बरामद

बागमतीमा हेल्लो सीएम सेवा सुरु

बागमतीमा हेल्लो सीएम सेवा सुरु

झापा अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीले पाए लालपुर्जा

झापा अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीले पाए लालपुर्जा