रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल

रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल

एजेन्सी- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदमुक्त गरेपछि सुरु भएको राजनीतिक र सार्वजनिक असन्तुष्टिले युक्रेनी सेनाको शीर्ष नेतृत्वमै व्यापक फेरबदल गराएको छ । केही दिनको विरोध प्रदर्शनपछि सेनाका कमान्डरइनचिफ ओलेक्सान्डर सिर्स्की पनि पदबाट हटाइनुभएको छ भने उहाँको स्थानमा युद्धमैदानमा अनुभवी कमान्डर मिखाइलो द्रापाती नियुक्त हुनुभएको छ ।

फेडोरोभको बर्खास्तीपछि सुरु भएको प्रदर्शन सुरुमा उहाँको पुनर्बहालीको मागमा केन्द्रित भए पनि पछि सिर्स्कीको नेतृत्वविरुद्ध केन्द्रित भएको थियो । प्रदर्शनकारीहरूले सिर्स्कीलाई हटाएर सेनामा व्यापक सुधार अघि बढाउन माग गरेका थिए । फेडोरोभ र सिर्स्कीबीच सैन्य रणनीति र सुधारका विषयमा लामो समयदेखि मतभेद रहेको बताइएको छ ।

राष्ट्रपति जेलेन्स्कीका लागि यो पछिल्लो एक वर्षभित्र सार्वजनिक दबाबपछि महत्त्वपूर्ण निर्णय परिवर्तन गर्नुपरेको दोस्रो घटना हो । यसअघि सन् २०२५ मा भ्रष्टाचारविरोधी निकायको अधिकार सीमित गर्ने प्रयासपछि पनि उहाँले आलोचनाको सामना गर्नुभएको थियो ।

नवनियुक्त सेनाप्रमुख द्रापातीलाई आधुनिक युद्धको अनुभव, व्यावहारिक नेतृत्व र सुधारप्रति सकारात्मक दृष्टिकोण भएका कमान्डरका रूपमा हेरिएको छ । विश्लेषकहरूका अनुसार उहाँको नियुक्तिले सोभियत सैन्य सोचबाट प्रभावित पुरानो नेतृत्वलाई विस्थापित गर्दै नयाँ पुस्ताको नेतृत्वलाई अघि ल्याएको सङ्केत दिएको छ ।

किएभस्थित सैन्य विश्लेषक ओलेक्सान्डर मुसियेन्कोले द्रापातीप्रति सैनिकहरूमा उच्च विश्वास रहेको र उहाँको नियुक्तिले सेनाको मनोबल बढाउन तथा लडाकू क्षमता सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभयो ।

पश्चिमी रक्षा अधिकारीहरूले फेडोरोभ र सिर्स्कीबीचको कार्यशैलीलाई ‘फरक ग्रहका व्यक्ति’ जस्तै रहेको टिप्पणी गरेका छन् । फेडोरोभले प्रविधिमा आधारित आधुनिक युद्ध रणनीतिलाई प्राथमिकता दिनुभएको थियो भने सिर्स्की परम्परागत स्थलसैन्य रणनीतिमा जोड दिने पक्षमा रहनुभएको बताइएको छ । विश्लेषकहरूका अनुसार द्रापाती यी दुई दृष्टिकोणबीच सन्तुलन कायम गर्न सक्ने नेतृत्वका रूपमा उदाउनुभएको छ ।

सिर्स्कीमाथि अत्यधिक केन्द्रीकृत कमान्ड प्रणाली, जटिल प्रशासनिक संरचना र सीमित भूभागका लागि सैनिकको अत्यधिक क्षति हुने रणनीति अपनाएको आरोप लाग्दै आएको थियो । विशेषगरी ४२५औँ सेपरेट असल्ट रेजिमेन्टसँग सम्बन्धित विवाद, प्रशिक्षण शिविरमा दुर्व्यवहार र गैरयुद्धजन्य मृत्युका आरोप सार्वजनिक भएपछि सेनाको नेतृत्वमाथि थप प्रश्न उठेको थियो । ती आरोपपछि अनुसन्धान सुरु भई सम्बन्धित रेजिमेन्टका कमान्डर निलम्बनमा परेका छन् ।

कतिपय सांसद र विश्लेषकले यो घटनालाई युद्धकालमा पनि युक्रेनमा लोकतान्त्रिक उत्तरदायित्व कायम रहेको उदाहरणका रूपमा व्याख्या गरेका छन् । उनीहरूका अनुसार सार्वजनिक दबाबपछि राष्ट्रपतिले निर्णय पुनरावलोकन गर्नु जनमतप्रतिको उत्तरदायित्वको सङ्केत हो । तर केहीले भने सार्वजनिक दबाबका आधारमा सैन्य नेतृत्व परिवर्तन गर्नु दीर्घकालीन रूपमा जोखिमपूर्ण नजिर बन्न सक्ने चेतावनी दिएका छन् ।

युक्रेनको भ्रष्टाचारविरोधी कार्य केन्द्रकी बोर्ड सदस्य टेटियाना सेभचुकले चुनाव स्थगित भएका अवस्थामा नागरिकका लागि विरोध प्रदर्शन नै आफ्नो आवाज सुनाउने प्रमुख माध्यम बनेको बताउनुभयो । उहाँका अनुसार सरकारले जनअसन्तुष्टि सडकमा पुग्नुअघि नै सम्बोधन गर्नुपर्ने थियो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा

प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा

देशका विभिन्न स्थानमा शुक्रबारसम्म मुसलधारे पानी पर्ने, सतर्क रहन आग्रह

देशका विभिन्न स्थानमा शुक्रबारसम्म मुसलधारे पानी पर्ने, सतर्क रहन आग्रह

रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल

रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल

मन्त्री पोखरेलको – सार्वजनिक सेवा प्रसारण संस्था

मन्त्री पोखरेलको – सार्वजनिक सेवा प्रसारण संस्था

सप्तरीबाट ३३ क्विन्टल भन्दा बढी गाँजा बरामद

सप्तरीबाट ३३ क्विन्टल भन्दा बढी गाँजा बरामद

बागमतीमा हेल्लो सीएम सेवा सुरु

बागमतीमा हेल्लो सीएम सेवा सुरु

झापा अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीले पाए लालपुर्जा

झापा अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीले पाए लालपुर्जा