मुख्य राजमार्गमा पहिरोः सडक अवरुद्ध

मुख्य राजमार्गमा पहिरोः सडक अवरुद्ध

काठमाडौँ– लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण देशका नौ प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार, कोशी र बागमती प्रदेशका विभिन्न सडकखण्डमा पूर्ण तथा आंशिक अवरूद्ध छ ।

कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग भने बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ । इलाम नगरपालिका–९ राजदुवाली र पाँचथरको याङवरक गाउँपालिका–१ खोबरे खोलास्थित मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ ।

यस्तै, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ माटेखोला क्षेत्रमा मध्यपहाडी लोकमार्गको दिक्तेल–भोजपुर सडकखण्ड पनि पहिरोबाट पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेशमा सम्भावित बाढीका कारण बिपी राजमार्ग सञ्चालनमा रोक लगाइएको र काठमाडौँ–हेटौँडा कान्ति लोकपथमा सम्भावित बाढी तथा पहिरो जोखिमका कारण अर्को सूचना नभएसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जुरीखोला र कोदारीस्थित अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बोकेझुण्डास्थित पासाङल्हामु सडक खण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङस्थित पृथ्वी राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिस्मारखानी क्षेत्रमा पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालन रहेतापनि जवाङखोलास्थित सडक भने पूर्ण रूपमा बन्द रहेको छ ।

प्रहरीले वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम कायमै रहेको जनाउँदै प्रहरीले यात्रा अघि सम्बन्धित निकायको पछिल्लो सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

गगन थापा – सार्वजनिक सेवा प्रसारण संस्था

गगन थापा – सार्वजनिक सेवा प्रसारण संस्था

शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय

शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय

स्वदेशी कच्चा पदार्थमा आधारित तयारी पोसाक उद्योगको विकास र प्रर्वद्धनमा प्रधानमन्त्रीको प्रतिवद्धता

स्वदेशी कच्चा पदार्थमा आधारित तयारी पोसाक उद्योगको विकास र प्रर्वद्धनमा प्रधानमन्त्रीको प्रतिवद्धता

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको सुनुवाइ साउन १२ र १३ गते हुने

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको सुनुवाइ साउन १२ र १३ गते हुने

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर